
(रासस/एएफपी) कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ७ हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३५ हजार ७७० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ९९ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण