
साउदी अरब । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले कोभिड १९ ब्यबस्थापनका लागि गरेका गतिबिधि र कोभिड -१९ संक्रमणबाट ९ जना नेपालीको मृत्यू भएको जनाएको छ । कोरोना संक्रमण हुने नेपालीहरुको संख्या १ हजार ३ सय ६४ पुगेको जानकारी एनआरएनए साउदी अरबले दिएको हो ।
हाल सम्म साउदी अरबमा मृत्यु हुनेको संख्या ६ सय ४२ रहेको छ। साउदी अरबले यो साता थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराएको छ । हालसम्म साउदी अरब समक्ष सहयोगको माग्नेमा ३ सय १२ जना छन । उनीलाई यहाँस्थित नेपाली कुटनीतिक नियोगहरुसंग समन्वय गर्दै तत्कालका लागि खाद्यान्न बितरण गरिएको छ । साथै, ३ सय भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजदुताबासको पहलमै समाधान र उद्धारसहित कानुनी उपचारद्वारा समाधान भएका छन।
साउदीका हरेक क्षेत्रका क्षेत्रीय समिति तथा स्थानीय समितिहरुलाई प्रत्येक साता पालैपालो जोड्दै लैजाने पूर्वयोजना अनुसार ५ जुन २०२० का दिन बसेको बैठकमा एनआरएनए एनसीसीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद, आइसिसी पदाधिकारी लगायत मध्यक्षेत्र रियाद र अलकासिम क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थिती रहेको थियो।
बैठकमा उपस्थितहरुले छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्ताको प्रबन्ध मिलाउनु पर्नेमा जोड दिए । उनीहरुले स्वदेश फर्काउने कार्य नेपाल सरकारले सुरु गरिसकेकाले साउदी अरबको लागि उडानको मिति तोक्नु पर्ने सुझाब दिए ।
स्वदेश फर्कनका लागि झन्डै १० हजार भन्दा बढी नेपालीहरुले साउदी अरबमा रहेको नेपाली राजादुताबास रियादमा नाम टिपाएका छन । जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भएर बसेका, भिजिट भिसामा आएका, नेपालमा आफन्त गुमाएका जस्ता उच्च प्राथमिकताका रहेका छन ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल