
साउदी अरब । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले कोभिड १९ ब्यबस्थापनका लागि गरेका गतिबिधि र कोभिड -१९ संक्रमणबाट ९ जना नेपालीको मृत्यू भएको जनाएको छ । कोरोना संक्रमण हुने नेपालीहरुको संख्या १ हजार ३ सय ६४ पुगेको जानकारी एनआरएनए साउदी अरबले दिएको हो ।
हाल सम्म साउदी अरबमा मृत्यु हुनेको संख्या ६ सय ४२ रहेको छ। साउदी अरबले यो साता थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराएको छ । हालसम्म साउदी अरब समक्ष सहयोगको माग्नेमा ३ सय १२ जना छन । उनीलाई यहाँस्थित नेपाली कुटनीतिक नियोगहरुसंग समन्वय गर्दै तत्कालका लागि खाद्यान्न बितरण गरिएको छ । साथै, ३ सय भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजदुताबासको पहलमै समाधान र उद्धारसहित कानुनी उपचारद्वारा समाधान भएका छन।
साउदीका हरेक क्षेत्रका क्षेत्रीय समिति तथा स्थानीय समितिहरुलाई प्रत्येक साता पालैपालो जोड्दै लैजाने पूर्वयोजना अनुसार ५ जुन २०२० का दिन बसेको बैठकमा एनआरएनए एनसीसीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद, आइसिसी पदाधिकारी लगायत मध्यक्षेत्र रियाद र अलकासिम क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थिती रहेको थियो।
बैठकमा उपस्थितहरुले छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्ताको प्रबन्ध मिलाउनु पर्नेमा जोड दिए । उनीहरुले स्वदेश फर्काउने कार्य नेपाल सरकारले सुरु गरिसकेकाले साउदी अरबको लागि उडानको मिति तोक्नु पर्ने सुझाब दिए ।
स्वदेश फर्कनका लागि झन्डै १० हजार भन्दा बढी नेपालीहरुले साउदी अरबमा रहेको नेपाली राजादुताबास रियादमा नाम टिपाएका छन । जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भएर बसेका, भिजिट भिसामा आएका, नेपालमा आफन्त गुमाएका जस्ता उच्च प्राथमिकताका रहेका छन ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित