एनआरएनए अमेरिकाद्वारा विद्यार्थीको समस्यालाई लिएर होमल्याण्ड सेक्युरिटीमा पत्राचार

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरनएनए) अमेरिकाले कोरोना भाइरस (कोभिड १९)बाट प्रभावित विद्यार्थीहरुको समस्यालाई सम्बोधन गर्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीलाई पत्राचार गरेको छ । गत शुक्रबार गरिएको पत्राचारमा एनआरएनए अमेरिकाले कोरोना संक्रमणका कारण लकडाउन भएपछि विद्यार्थीहरुले कलेजहरुमा ट्युसन फि बुझाउन नसक्ने र ओपिटीमा रहेका विद्यार्थीहरु समयमैं काममा जान नपाउन अवस्था आउन सक्ने भएकाले अमेरिकामा रहेका नेपाली विद्यार्थी (एफ १) लाई राहतका कार्यक्रमहरु ल्याउन आग्रह गरेको हो । संघले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पत्र पठाएको जानकारी दिएको छ ।

प्रेस विज्ञप्ती

कोभिड–१९ महामारीको सुरुवाती दिनदेखिनैं अमेरिकामा रहेको नेपाली समुदायको सहयोगका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका निरन्तर सक्रिय रहेको यहाँहरुमा जानकारी रहेकैं छ।

यो कठिन परिस्थितिमा समुदायको आवश्यकता बमोजिमका विभिन्न सहयोगका कार्यक्रमलाई संघले निरन्तरता दिइरहेको छ। महामारीवाट अमेरिकाको नेपाली समुदाय पनि प्रभावित बनेको छ। यो घडीमा अमेरिकामा रहेको नेपाली समुदायको सहयोगका लागि संघ सदैंव तयार नै रहेको छ । यो अवस्थामा तुलनात्मक रुपमा अमेरिकामा अध्ययनरत नेपाली युवा विद्यार्थी बढी प्रभावित भएको हामी सबैंमा अवगत नै छ ।

त्यसैले संघले प्रभावित युवा विद्यार्थी लक्षित सहयोगका विभिन्न कार्यक्रमहरु सुरुवाती दिनदेखि निरन्तर गरिनैं रहेको छ। संघको तर्फवाट सानो आर्थिक सहयोग गर्नेदेखि लिएर खाद्यान्नको व्यवस्था गर्ने जस्ता तत्कालिक समस्या संबोधनका निम्ति सहयोग भइनैं रहेको छ । तत्कालिक समस्याका साथैं दिर्घकालिन रुपमा पनि युवा विद्यार्थीले यो कोभिड–१९ महामारीका कारण भोग्न पर्न सक्ने समस्या प्रति पनि संघ गम्भिर रही यसतर्फ पनि संघले अग्रसरता देखाएको छ।

विद्यार्थीहरुमा आउट अफ स्टाटस हुन सक्ने चिन्ता, युनिभर्सिटीरकलेजहरुमा ट्युसन फि बुझाउन नसकिने अवस्थाको चिन्ता, ओपिटीमा रहेका विद्यार्थीहरु समयमैं काममा जान नपाउन हो की भन्नेमा चिन्तित छन् । यी यस्ता समस्यालाई संबोधन गरी अमेरिकामा रहेका नेपाली विद्यार्थी (एफ १) लाई राहतका कार्यक्रमहरु ल्याउन आग्रह गर्दै संघले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पत्र पठाई अनुरोध गरेको सबैमा जानकारी गराउन चाहन्छौं।

संघले हार्डसिपमा आधारित वर्क परमिट, ओपिटीमा गएका विद्यार्थीले ९० दिनभित्र जवमा जानै पर्ने अवस्था प्रति केही सहुलियतका कार्यक्रम ल्याउन, ग्राजुएट भएपछि ६० दिन भित्र काममा जानैपर्ने अवस्थालाई ६ महिनाको बनाउन, एफ १ भिसावाट बि टु वा अन्य भिसा स्टाटसमा जान चाहने विद्यार्थीहरुलाई ६० दिन भित्र भिसा स्टाटस परिवर्तन गर्न सक्ने व्यवस्था मिलाउन, कोभिड–१९ को असर नसकिदासम्म अनलाइन कक्षा लिन असमर्थ रहेका वा अनलाइन कक्षा नगराउने कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको भिसा स्टाटसप्रति गम्भिर भई सहयोग गर्नका लागि होमल्याण्ड सेक्युरिटी समक्ष अनुरोध गरेको छ ।

अमेरिकामा पढ्न आउने अन्तराष्ट्रिय विद्यार्थीको संख्याको हिसावमा नेपाल १२ औं देशको रुपमा रहेको छ । वर्ष २०१८ र १९ मा १३ हजार नेपाली विद्यार्थीले इनरोल्ड गरेको पाइन्छ। २ दशक यता उच्च शिक्षाको निम्ति नेपाली विद्यार्थी अमेरिका आउने क्रम बढीरहेको देखिन्छ। यी सबैं पक्षलाई समेटेर संघले होमल्याण्ड सेक्युटिरीलाई अनुरोध गरेको जानकारी गराउन चाहन्छौं।
मितिः मे २९, २०२०

प्रतिक्रिया

सम्बन्धित सामाग्री