काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दैनिक ३ हजारदेखि ३ हजार ५ सय नेपालीहरु स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ । एनआरएनए कोभिड -१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको वैठकले उक्त निष्कर्ष निकालेको हो । संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारलाई दैनिक ३ हजार ५ सय नेपाली फर्काउन सुझाब सहितको सिफारिस गरेकाका छन । संघका अध्यक्ष पन्तको अध्यक्षतामा बसेको वैठकले नेपाली फर्काउन सरकारी र नीजि विमान प्रयोग गर्न समेत नेपाल सरकारलाई सुझाव दिएको छ ।
‘नेपाल फर्किने नेपालीहरुले जहाज भाडा भने आफै तिर्नुपर्नेछ, अध्यक्ष पन्तले भने, ‘यसरी स्वदेश फर्किने नेपालीहरुले त्रिभुवन विमानस्थलमा पुगेपछि सिधै होटलमा लगिनेछ । नेपालीहरुले क्षमता अनुसारको होटल छान्न पाउनेछन ।’ होटलहरुमा खानेकुरा र शुल्क नेपाल सरकारले तय गर्ने समेत बताइएको छ ।
परराष्ट्र् मन्त्रालयले तयार परेको सुची अनुसार विदेशबाट नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ । आगामी सातादेखि वैदेशिक रोजगारमा आएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले क्रमश फर्काउने छ । जसमा महिला, केटाकेटी, वर्कपरमिट सकिएका, अलपत्र परेकाहरु र वेरोजगार लगायतकालाई पहिलो प्राथमिकतामा राखेर फर्काउने मापदण्ड सरकारले तय गरेको छ ।संघका अध्यक्ष पन्तले विदेशस्थित नेपालीहरुलाई केही दिन धर्य गर्न समेत आग्रह गरेका छन ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित