एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ६२ हजार ३६८ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
कोरोना भाइरसबाट बिरामी परेका २५ लाख ९२ हजार २४ जना निको भएका छन् भने २९ लाख ६५ हजार ८४२ उपचाररत छन् । तीमध्ये ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले अमेरिका सबैभन्दा बढी प्रभावित छ ।
डब्ल्युएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस महामारीबाट अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना सङ्क्रमित भएका छन् भने ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।
एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल