सागर सुवेदी (जीएनएन) भियना । गत हप्ता अष्ट्रियाका राष्ट्रपतिलाई रातको १२ बजेर १८ मिनेट जाँदा अष्ट्रियन प्रहरीले सिटी सेन्टरको एक रेस्टुरेण्टको गार्डेनमा फेला पारेको थियो । सोही कारणलाई लिएर राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले सामाजिक संजा मार्फत माफी मागिसकेका थिए । साथै उनले सरकारले निर्धारण गरेको समयलाई अवज्ञा मनसाय नभएको प्रष्ट पारिसकेका थिए ।
तर पनि उक्त सार्बजनिक माफीले बनेको कानुनलाई कुनै असर गरेन। राष्ट्र प्रमुखको विषयमा कानुनमा अलिक प्रस्ट नभएको कारण राष्ट्रपति भान देर बालेन सोही स्विकारोक्तिसंगै सफाई पाउन सक्ने देखिए पनि अष्ट्रियन ऐन कानुनले राजा अनि रैतीलाई एकै नजरले हेर्ने कारण राष्ट्रपति पत्नी तथा अष्ट्रियन प्रथम महिला डोरिस सामिदाओर साथै राष्ट्रपतिसंगै रेस्टुरेन्टमा बसेका उनका मित्रहरु माथि हरेक व्यक्तिले छुट्टाछुट्टै ३६ सय युरो ( चार लाख सत्तरी हजार नेपाली रुपैया बराबर ) सम्म जरिवाना भर्नु पर्ने भएको छ। यो जरिवानालाई कसैको भनसुन या प्रथम महिला भएकै आधारमा छुट हुने छैन र प्रथम महिला साथै राष्ट्रपतिका साथीहरुले पनि तिर्नुपर्ने छ।
यदि जरिवाना निर्धारित मितिभित्र तिरिएन भने जेलमा राखेर जरिवानाको भरिभराउ गर्नुपर्ने अष्ट्रियन कानुनमा उल्लेख छ।
अष्ट्रियन सरकारले लक डाउनलाई खुकुलो बनाउँदै लैजाने क्रममा विभिन्न ब्यवसाय साथै रेस्टुरेन्ट ब्यवसायहरु पनि रातको एघार बजेसम्म मात्र खोल्न पाइने प्रावधान लागु गरेको थियो। सायद राष्ट्र प्रमुख देखेर नै हुन सक्छ सो रेस्टुरेन्टका कर्मचारीले पनि समय सीमाका बारेमा त्यति चासो नदेखाएका हुन सक्छन् तर पनि कानुन अनुसार रेस्टुरेन्टले तीस हजार युरो (करिब चालिस लाख नेपाली रुपंयाँ ) सम्म जरिवाना तिर्नुपर्ने भएको छ । भलै राष्ट्रपतिले रेस्टुरेन्टले तिर्नुपर्ने जरिवानामा आफू पनि सहभागी हुने सार्वजनिक रुपमा व्यक्त गरिसकेका छन् ।
कोरोना संकटका कारण ब्यवसायमा ठूलो नोक्सान भैरहेकै समयमा राष्ट्रप्रमुख मात्र एक घण्टा अठार मिनेट बढी बसेको आधारमा रेस्टुरेन्टका मालिकले एक ठूलो मूल्य चुकाउनु पर्ने भएको छ । स्मरण रहोस केही वर्ष पहिला अष्ट्रियाका एक मन्त्रीले रातो ट्राफिक बत्तीमा एक ट्राफिक प्रहरीको आग्रह नमानी बाटो काटेकै कारण उनको राजनीतिक जीवन नै समाप्त भएको थियो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा