सागर सुवेदी (जीएनएन) भियना । गत हप्ता अष्ट्रियाका राष्ट्रपतिलाई रातको १२ बजेर १८ मिनेट जाँदा अष्ट्रियन प्रहरीले सिटी सेन्टरको एक रेस्टुरेण्टको गार्डेनमा फेला पारेको थियो । सोही कारणलाई लिएर राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले सामाजिक संजा मार्फत माफी मागिसकेका थिए । साथै उनले सरकारले निर्धारण गरेको समयलाई अवज्ञा मनसाय नभएको प्रष्ट पारिसकेका थिए ।
तर पनि उक्त सार्बजनिक माफीले बनेको कानुनलाई कुनै असर गरेन। राष्ट्र प्रमुखको विषयमा कानुनमा अलिक प्रस्ट नभएको कारण राष्ट्रपति भान देर बालेन सोही स्विकारोक्तिसंगै सफाई पाउन सक्ने देखिए पनि अष्ट्रियन ऐन कानुनले राजा अनि रैतीलाई एकै नजरले हेर्ने कारण राष्ट्रपति पत्नी तथा अष्ट्रियन प्रथम महिला डोरिस सामिदाओर साथै राष्ट्रपतिसंगै रेस्टुरेन्टमा बसेका उनका मित्रहरु माथि हरेक व्यक्तिले छुट्टाछुट्टै ३६ सय युरो ( चार लाख सत्तरी हजार नेपाली रुपैया बराबर ) सम्म जरिवाना भर्नु पर्ने भएको छ। यो जरिवानालाई कसैको भनसुन या प्रथम महिला भएकै आधारमा छुट हुने छैन र प्रथम महिला साथै राष्ट्रपतिका साथीहरुले पनि तिर्नुपर्ने छ।
यदि जरिवाना निर्धारित मितिभित्र तिरिएन भने जेलमा राखेर जरिवानाको भरिभराउ गर्नुपर्ने अष्ट्रियन कानुनमा उल्लेख छ।
अष्ट्रियन सरकारले लक डाउनलाई खुकुलो बनाउँदै लैजाने क्रममा विभिन्न ब्यवसाय साथै रेस्टुरेन्ट ब्यवसायहरु पनि रातको एघार बजेसम्म मात्र खोल्न पाइने प्रावधान लागु गरेको थियो। सायद राष्ट्र प्रमुख देखेर नै हुन सक्छ सो रेस्टुरेन्टका कर्मचारीले पनि समय सीमाका बारेमा त्यति चासो नदेखाएका हुन सक्छन् तर पनि कानुन अनुसार रेस्टुरेन्टले तीस हजार युरो (करिब चालिस लाख नेपाली रुपंयाँ ) सम्म जरिवाना तिर्नुपर्ने भएको छ । भलै राष्ट्रपतिले रेस्टुरेन्टले तिर्नुपर्ने जरिवानामा आफू पनि सहभागी हुने सार्वजनिक रुपमा व्यक्त गरिसकेका छन् ।
कोरोना संकटका कारण ब्यवसायमा ठूलो नोक्सान भैरहेकै समयमा राष्ट्रप्रमुख मात्र एक घण्टा अठार मिनेट बढी बसेको आधारमा रेस्टुरेन्टका मालिकले एक ठूलो मूल्य चुकाउनु पर्ने भएको छ । स्मरण रहोस केही वर्ष पहिला अष्ट्रियाका एक मन्त्रीले रातो ट्राफिक बत्तीमा एक ट्राफिक प्रहरीको आग्रह नमानी बाटो काटेकै कारण उनको राजनीतिक जीवन नै समाप्त भएको थियो।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी