अमेरिका । गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको नवौँ बैठक मे २४ तारिख आइतबारका विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। अध्यक्ष सुनील साहको अध्यक्षतामा सम्पन्न उक्त बैठकले कोरोना महामारीको कारणले उत्पन्न परिस्थितिमा केन्द्रित रहि आगामी नवौँ साधारण सभा अनलाइन र डिजिटल प्रविधि प्रयोग गरी पूर्व निर्णय बमोजिमकै मिति जुलाई ४ र ५ मा गर्ने निर्णय गरेको छ। उक्त साधारण सभा सँगै विभिन्न विज्ञहरूको कार्यपत्रहरू समावेश गरी नलेज सेयरिंग कन्भेन्सन गर्न डा. तारा सिग्देलको संयोजकत्वमा एउटा आयोजक समिति बनाउने निर्णय गरेको छ।
उक्त बैठकमा महामारीको रूपमा फैलिएको कोरोनाभाईरसको कारणले उत्पन्न विषम परिस्थितिमा एनसीसीले हाल सम्म गरेका कामहरूको मुल्यॉकन गर्दै अवका दिनमा चाल्नुपर्ने कदमहरूका बारेमा विस्तृत छलफल भयो। बैठकले एनआरएनए एनसीसी अमेरीकाले एनआरएनए आईसीसी मार्फत् अत्यन्त प्रभावित देशमा बसोबास गर्ने नेपालीहरूको सहयोगार्थ दश हजार डलर सहयोग गर्ने निर्णय गर्दै कोभिडको कारणले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, कोभिड-१९ को असरबाट बिरामि पर्नुहुने सबैको स्वास्थ्य लाभको कामना गर्नुका साथै यस विषम परिस्थितिमा अग्रपंतिमा खट्नुहुने स्वास्थ्य कर्मी, स्वयंसेवक, सहयोगदाता एवं विभिन्न कमिटीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
उक्त बैठकले भारतले गरेको सीमा अतिक्रमणको विषयमा एनआरएनए एनसीसी युएसए ले अमेरिका स्थित भारतीय दूतावास समक्ष बिरोधपत्र पेस गरेको संबन्धमा छलफल गर्दै छिमेकी राष्ट्र भारतले गरेको सीमा अतिक्रमणको बिषयमा एनआरएनए आईसीसीले गरेको निर्णय प्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । बैठकले उपाध्यक्ष सर्वज्ञ वाग्ले जिबाट लिखित उपन्यासम “पुनर्वास” मा सीमा क्षेत्रको समस्या उजागर गर्नुभएकोमा वहांको मेहेनत र साहसको प्रशंसा गर्दै वहाँलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ । बैठकमा कोषाध्यक्षज्यूले प्रस्तुत गर्नुभएको पहिलो त्रैमासिक प्रतिवेदन पास गर्नुकासाथै युवा सम्मेलन लगायतका कार्यक्रमहरूको खर्चहरू फर्छ्यौट गर्ने निर्णय गरेको छ।
साथै उक्त बैठकले एनआरएनए एनसीसीको लागी अनुशासन आचार संहिता पारित गर्दै एउटा अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। उक्त कमिटी गठन नहुँदा सम्मका लागि अनुशासन कमिटीको जिम्मेवारी संस्थाको अध्यक्ष सुनील साहलाई प्रदान गर्ने समेत निर्णय गरेको छ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?