काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ।
शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्मा दिने निर्णय गरेको छ। सोमबार उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपालीहरु पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्ष निकाल्दै शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो।
बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ। बैठकमा निवर्तमान कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्धन समितिका अध्यक्ष हिक्मत थापा, सल्लाहकारहरु डा चिन्तामणि योगी, बुद्धिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।
नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका गतिबिधिका बारेमा संयोजक लामिछानेले जानकारी गराएका थिए। अहिले बिभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएको पाइएको छ। अब ती सबैलाई जोडेर एकरुपता दिनुपर्नेमा बैठकका सहभागीहरुको जोड रहेको थियो।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी