एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता जुन दोस्रो सातादेखि सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका बीच दुई महिनादेखि स्थगित रहेको प्रतिष्ठित फुटबल प्रतियोगिताहरू सङ्क्रमणको जोखिम कम भएलगत्तै सुरु हुने तयारी गरिएको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले जुन ८ देखि बन्द रङ्गशालामा ला लिगाका खेलहरू सुरु हुनसक्ने बताए । लिगका अध्यक्ष जाभियर टेबासले भने ला लिगा जुन १२ मा सुरु हुनसक्ने अनुमान गरे । ला लिगा खेल्ने खेलाडीहरू भने यसै सातादेखि प्रशिक्षणमा छन् । प्रशिक्षणमा दश खेलाडीभन्दा बढी जम्मा हुन दिइएको छैन् ।
प्रधानमन्त्री साञ्चेजले भने, “स्पेनले गर्नुपर्ने गरिसकेको छ, सबैका लागि नयाँ क्षितिज खुला हुँदैछ ।” उनले दैनिक गतिविधि पूर्वरत सञ्चालनको लागि समय आइसकेको बताए । ला लिगा अन्तर्गत रियल बेटिस र सेभिल्लाबीचको खेल पुनःसञ्चालनको पहिलो खेल हुनेछ ।
स्पेनको शीर्ष दुई श्रेणीका खेलाडीमा कोरोनाभाइरसको परीक्षण गर्दा पाँचजनामा पुष्टि भएको थियो । आइसोलेसनमा बसेर सङ्क्रमणमुक्त भई मे महिनाको सुरुदेखि नै पाँचैजना खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् । ला लिगाको सबै टोलीले अब ११ वटा खेल खेल्न बाँकी छ । बार्सिलोनालाई दोस्रो स्थानको रियल मड्रिडभन्दा दुई अङ्कको अग्रता छ ।
यूरोपमा कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित दुई राष्ट्र स्पेनले ला लिगा फुटबल र इटाली सिरी ए को सुरु गर्ने तयारी गर्न लागेको हो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह