सचिव जोशीको नेतृत्वमा स्मार्ट एनआरएनए कार्यान्वयन तर्फ


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिव गौरी जोशीको नेतृत्वमा स्मार्ट एनआरएनए प्रोजेक्ट सुरु भएको छ । ९ महिना भित्र कार्यान्वयनमा ल्याउने गरी सुरु गरिएको स्मार्ट एनआरएनए प्रोजेक्टका संयोजक जोशी छन । प्रोजेक्टका संयोजक गौरी जोशीले आगामी ६ देखि ९ महिना सम्ममा सम्पन्न गरि कार्यन्वयनमा ल्याइनेछ जानकारी संघको सूचना तथा संचार टिमलाइ दिएका हुन ।

स्मार्ट एनआरएनएबाट डिजिटल प्रविधिको प्रयोग गरी सदस्यता लिने, आर्थिकसहयोग दिने, सदस्यको हैसियतले सुविधा लिने, संघको कार्यक्रममा डिजिटल आइडिको प्रयोग गर्ने जस्ता थुप्रै विशेषता स्मार्ट एनआरएनए प्रोजेक्ट एपमा हुनेछ । यो प्रोजेक्टबाट बिभिन्न मुलुकस्थित राष्ट्रिय समन्यव परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदसम्मको निर्वाचन गर्न समेत यो प्रविधि उपयोग गरिने योजना छ ।

डिजिटल प्रविधिमा गएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ। सदस्यता फाराम आ-आफ्नो मोबाइल डिभाइसबाट समेत भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ। त्यस्तै, संघका सम्पूर्ण गतिविधिहरु मोबाइल एप्सबाट प्राप्त गर्ने र सदस्यहरुले आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ।
त्यसैगरी, संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ भने सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट पाउने व्यवस्था गरिने छ।सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग दिन सक्ने छन। निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन।डिजिटल एनआरएनएमा हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईटको व्यवस्था गरिनेछ। वेभसाईटमा एक रुपता ल्याईनेछ तथा आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ। संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्रेरी तयार गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री