काठमाडौँ । साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।
राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएका छन् ।
जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा सङ्क्रमण देखिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ ।
धेरै नेपालीहरूले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाइ छ ।
उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई फारम भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।
साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहीबार सम्म ६५ हजार ७७ जना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी निको भई घर फर्केका छन् । साथै मृत्युदर पनि न्यून रहेको पाइएको दूतावासले बताएको छ ।
साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको पालन गर्न साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी