काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको बताएको छ । समितिका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाबारे विभिन्न निकायसँग छलफल भइरहेको र अन्तिम रुप दिनेबित्तिकै सार्वजनिक गरिने जानकारी दिए ।
समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालनलगायतको प्रस्तावमाथि छलफल भएको हो । छलफलपछि सचिव बिडारीले भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचारलगायत निजी भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको बताए ।
विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैलन नदिने र आउनेलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिए ।
त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइँदैछ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान