लण्डन । मेडिस्टोनमा नेपालीहरुको कारमा श्रंखलावद्ध रुपमा गरिएको आगजनीको अनुसन्धान गरिरहेका प्रहरीहरुले सो घटना संलग्नहरुलाई फेला पार्न नसकेको बताएका छन् ।
युके नेपाल मैत्री संघको पत्रको जवाफ लेख्दै स्थानीय केन्ट प्रहरीका जिल्ला प्रमुख रे क्वीलरले घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरीले नसकेको बताएका हुन् । घटनाको अनुसन्धान अनुभवी जासुस प्रहरी इन्सपेक्टरको सुपरीवेक्षणमा भएको उनले बताएका छन् ।
मेडिस्टोन बोरो काउन्सिलका प्रमुख कार्यकारी अधिकृत अलिसन ब्रुमको समेत हस्ताक्षर रहेको सो पत्रमा दुवै घटनाहरु जातीय घृणाका रुपमा अनुसन्धान गरिएको र पीडितहरुलाई सम्पर्क र सहयोग गरिएको बताइएको छ । “जिल्लाको कमाण्डरका रुपमा घटनाको दैनिक जानकारी जासुस प्रहरीहरुबाट पाउँछु र सबै आवश्यक अनुसन्धानहरु सकिएको छ” पत्रमा भनिएको छ ।
घटनाको अनुसन्धानका क्रममा सो क्षेत्रमा रहेका सिसिटीभीको अवलोकन, घरघरमै गई गरिएको सोधपुछ र समुदायसित मिलेर संदिग्ध व्यक्तिको पहिचान गर्ने कोसिस गरिएको प्रहरीले बताएको छ । “बृहत जाँचपडतालका वावजुद अहिलेसम्म कुनै शंकास्पद व्यक्ति फेला पार्न सकेको छैन” प्रहरीले भनेको छ ।
गत महिना मेडिस्टोनमा बसोबासरत दुई नेपालीको कारमा राति आगजनी गरिएको थियो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने