लण्डन । कोरोना महामारीको क्रममा विश्व स्वास्थ्य सङ्गठनले चालेको कदम र गतिविधिबारे स्वतन्त्र छानबिन हुने भएको छ ।
यूरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनको साधारण सभामा सङ्गठनको भूमिकामाथि सवाल उठाउँदै छानबिनको माग गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. अद्नोम गेब्रेससले महामारीको क्रममा सङ्गठनको जवाफदेहितासम्बन्धमा गरिएको आलोचनाको जवाफ दिने क्रममा उक्त घोषणा गरेका हुन् । यद्दपि आफ्नो बचाव गर्दे उनले स्वास्थ्य सङ्गठनले नियमित र सुरुवाती अवस्थामा नै महामारीबारे विश्व समुदायलाई सचेत गराएको दावी गरे ।
यूरोपेली संघको प्रस्तावको स्वागत गर्दै महानिर्देशक गेब्रेससले सदस्य राष्ट्रलाई विश्वासमा लिएर विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे छानबीन गर्न स्वतन्त्र समिति छिट्टै गठन गरिने बताए ।
साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “विगतले शिक्षा दिन्छ, छिट्टै नै समिति गठन गरेर आएको निस्कर्षबाट विगतकाे अनुभवले दिने सन्देशबाट सिक्ने तथा कमीकमजोरीलाई विश्वव्यापी महामारीको बेला तयारी र जवाफदेहिताको सन्दर्भमा राम्रो गर्ने अवसर जुराउनेछन् । ”
कोरोना भाइरस पहिलोपटक चीनको वुहान शहरमा फेला परेको थियो । सङ्क्रमण फैलन नदिन विश्व स्वास्थ्य सङ्गठनले समयमै उपयुक्त कदम नचालेको भन्दै उसको आलोचना हुँदैआएको छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति