लण्डन । कोरोना भाइरसविरुद्ध गरिएको खोपको परीक्षणमा अमेरिकामा केही सकारात्मक परिणाम देखिएको छ ।
मोडिरिना कम्पनीले विकास गरिरहेको कोभिड – १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडिकल जर्नलमा प्रकाशित गरेको छ ।
खोप विकासमा लागेको म्यासाच्युसेटकाे क्याम्ब्रिजमा रहेको मोडिरिना कम्पनी विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा लागेका आठ कम्पनी मध्येको एक हो ।
याे कम्पनीले दर्जनौँ व्यक्तिलाई खोप लगाएको र त्यसमध्ये आठ जनामा एन्टिबडी मापन गरिएकोमा आठै जनामा भाइरसले पैदा गर्ने एन्टिबडीलाई कोराना सङ्क्रमणबाट निको भएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीको स्तरमा रहने गरी निष्कृय बनाएको पाइएको थियो । यो सफलतालाई वैज्ञानिकहरूले ठूलो कामको संज्ञा दिएका छन्
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?