लण्डन । कोरोना भाइरसविरुद्ध गरिएको खोपको परीक्षणमा अमेरिकामा केही सकारात्मक परिणाम देखिएको छ ।
मोडिरिना कम्पनीले विकास गरिरहेको कोभिड – १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडिकल जर्नलमा प्रकाशित गरेको छ ।
खोप विकासमा लागेको म्यासाच्युसेटकाे क्याम्ब्रिजमा रहेको मोडिरिना कम्पनी विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा लागेका आठ कम्पनी मध्येको एक हो ।
याे कम्पनीले दर्जनौँ व्यक्तिलाई खोप लगाएको र त्यसमध्ये आठ जनामा एन्टिबडी मापन गरिएकोमा आठै जनामा भाइरसले पैदा गर्ने एन्टिबडीलाई कोराना सङ्क्रमणबाट निको भएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीको स्तरमा रहने गरी निष्कृय बनाएको पाइएको थियो । यो सफलतालाई वैज्ञानिकहरूले ठूलो कामको संज्ञा दिएका छन्
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा