लण्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कोभिड-१९ राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
बेलायतमा कोरोना संक्रमणबाट प्रभावित नेपालीहरुलाई सहयोग गर्न एनआरएनए यूकेले गठन गरेको कोभिड -१९ राहत कोषमा ५ सय ५ पाउण्ड आर्थिक सहयोग प्रदान गरेको हो । जेन्स यूकेका अध्यक्ष तिलक भट्टराईले सोमबार एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए । लगत्तै, परिषद् अध्यक्ष श्रेष्ठले जेन्स यूकेको मानवीय सेवाभाव प्रति उच्च सम्मान रहेको जनाए ।
जेन्स यूकेका अध्यक्ष तिलक भट्टराईले एनआरएनए यूके संग सहकार्य गरी कोरोना प्रभावित समक्ष राहत पुर्याउने कार्यमा भौतिक सहयोग गर्न पनि तयार रहेको जानकारी दिए । ‘महामारीबाट नेपाली समुदायलाई बचाउन गरिने सहयोगमा सामाजिक संघ संस्थाहरु सँग सहकार्य गरी अघि बढन हामी तयार छौं’, जेन्स यूकेका अध्यक्ष भट्टराईले भने, ‘यस दुखद घडीमा सम्पूर्ण संघ सस्थाहरु एकैसाथ मिलेर अगाडी बढे मात्रै धेरै भन्दा धेरै कोरोना प्रभावित व्यक्तिहरु समक्ष राहत पुर्याउन सकिन्छ ।’
जेन्स यूके अहिले नेपाल तथा यूकेमा आई टि तथा ई-कमर्स क्षेत्रमा लगानी गरी नेपाली यूवायूवतीहरुका लागी रोजगार सिर्जना गर्ने कार्य गर्दै आईरहेको छ । सो रकम अध्यक्ष भट्टराई, राजेन्द्र भण्डारी, श्याम खत्री, दिपक गैरे, गणेश थापामगर, राम थापा, सुर्य बिक्रम केसी, राजेन्द्र खस, शालिकराम सापकोटा, लेखनाथ गैरे, मैना शर्मा, लक्ष्मण पाण्डे, विष्णु चोङवाङ, भरतमनी लिम्बु, डा. मुकुन्द बास्तोला, ललित न्यौपाने, किशोर लिम्बु लगायतको सहयोगमा जम्मा गरिएको थियो ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण