काठमाडौँ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ ।
यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो ।
बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार बहराइनमा तीन हजार ९७३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।
बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् ।
बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।
बहराइन सरकारले सङ्क्रमण रोकथाममा थप प्रभावकारी बनाउन सङ्क्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा १० हजार बहराइन मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ ।
सङ्क्रमण नियन्त्रणमा नआउँदासम्मका लागि पाँच जना वा सो भन्दा कम सङ्ख्या मात्र भेला हुन पाउने व्यावस्था गरिएको छ ।
पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएको छ । दूतावासले बहराइनमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित