जीएनएन , लण्डन – बिश्वभर रहेका नेपाल क्योकुसिन करातेका पुर्वखेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको अधिवेसनबाट अध्यक्ष पदमा भीमसेन कार्की चुनीएका छन । अनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन प्रथम अधिवेसन अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा कार्की चुनीएका हुन । बिगत दशक भन्दा बढ़ी देखी क्यानाड़ामा बस्दै आएका कार्की पुराना अन्तर्राष्ट्र्यि खेलाडी हुन । आफ़्नो समयका रास्ट्रिय-अन्तर्राष्ट्र्यि रूपमा किर्तिमानी कार्की क्योकोसिनका ५ डान हुन ।
अधिवेसनले उपाध्यक्षमा बेलायत निवासी पूर्वअन्तर्राष्ट्र्यि खेलाडी सुरज कार्कीलाई उपाध्यक्षमा चुनेको छ । उनी वर्ल्ड च्याम्पियनमा तेस्रो मेडल ल्याउने किर्तिमानसहित ग़ोर्खा दक्षिण बाहु पदकबाट बिभुषित खेलाडी हुन । त्यस्तै गरेर अर्का उपाध्यक्ष सुरज श्रेष्ठ पनि ३ डान अन्तर्राष्ट्र्यि फाइटर हुन । अस्ट्रेलियामा बसोबास गर्दै आएका श्रेष्ठ बिभिन्न किर्तिमन सहित अन्तर्राष्ट्र्यि छवि बनाएका छन । कार्यसमितिको महासचिवमा अमेरिका निवासी मोहन बिष्ट , कोषाध्यक्षमा इन्द्रबहादुर मल्ल रहेका छन ।
बोर्ड मेम्बरहरूमा बहराईनबाट धनबहादुर लामा, अस्ट्रेलियाबाट श्रीराम केसी ,बहराईनबाट ज्ञानबहादुर तमाङ तथा बेल्जियम बाट सुदर्शन सिम्खडा निर्वाचित भएका छन । यूएनकाका अनुसार क्योकुशिन करातेका नेपाली खेलाडी बिश्वका ७२ राष्ट्र्मा छन भने हाल अधिवेसन सम्पन्न बोर्डमा १९ जनाको समिति रहेको छ । नेपाली फुल कन्ट्याक्ट करातेको बिकास तथा खेलाडीहरुलाई उर्जा दिने उद्देश्यले २०१९ मा यूएनकाको स्थापना भएको थियो । कराँतेको माध्ययमबाट एकै भएका र सँसारभर रहेका क्योकुशिनका खेलाडीहरुको एक आपसको माया, सम्मान र मित्रतालाई कायम राख्दै, नेपालमा वा विदेशमा यस खेलसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षकहरुलाई सल्लाह, हौसला र सम्मान दिनु संस्थाको मुख्य उद्धेश्य रहेको बताईएको छ । कार्कीको पहलमा गत साता कोरोना लकडाउनसंग़ै भारतमा अप्ठेरोमा परेका क्योकुशिन खेलाडीलाई आर्थिक सहयोगको पहल भएको थियो । रास्ट्रिय -अन्तर्राष्ट्र्यि खेल खेल्न धेरै अभाव र असहयोग झेल्न परेको भएता पनि सम्भावना भएका खेलाडिलाई अवसरको खोजी र सहयोग गर्न बिश्वभरबाट संघको संजाल लागी पर्ने छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?