मनिला (रासस–एपी) । फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् ।
भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ ।
आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ । शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही कम भए पनि यसबाट तटीय इलाकाका गाउँघरमा ठूलै नोक्सान गर्ने जनाएको छ । यो आँधी आइतबार फिलिपिन्सको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।
उत्तरपूर्वी बाइकोल क्षेत्रमा १ लाख ४५ हजारभन्दा बढी गाउँलेहरुलाई आपतकालीन अस्थायी शिविरहरु खासगरी विद्यालयहरुमा सारिएको छ । नागरिक उद्धार कार्यालयका निर्देशक क्लाउडियो युकोटले सामार प्रान्तका अरु हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
विगतमा भन्दा यसपटकको उद्धार कार्य निकै जटिल बनेको छ । उद्धारकर्मी र स्वयंसेवीले मास्क र सुरक्षित सामग्री लगाउनु परेको छ । युकोटका अनुसार कोरोनाभाइरस रोगबाट सुरक्षित राख्न पनि ठूलो संख्यामा मानिसहरुलाई उद्धार गर्न कठिन भएको छ ।
बाइकोल क्षेत्रमा पनि दर्जनौं व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका र चार जनाको मृत्यु समेत भएकाले यस पटकको उद्धार कार्य निकै जटिल बनेको युकोटको भनाइ छ । उहाँले उद्धार केन्द्रहरुको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बनेको बताउनुभयो ।
विगतमा एउटा उद्धार आश्रय स्थलमा ४० जनासम्म राख्न मिल्थ्यो, अहिले चार परिवार मात्र राख्न सकिने भएको छ ।
मनिला समेत मुलुकका विभिन्न शहरमा लकडाउन जारी रहेको छ, तर फिलिपिन्स सरकारले समुद्री विपदालाई विचार गरी केही प्रभावित क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
फिलिपिन्समा झण्डै १२ हजार मानिस कोरोना संक्रमित छन् भने ७९० जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा फिलिपिन्स सबैभन्दा बढी प्रभावित छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी