
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भारतद्धारा नेपाली भूभाग लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरिएकोकोमा विरोध गरेको छ ।
एनआरएनए यूकेद्धारा बुधबार जारी विज्ञप्तीमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको विरोध गरेको हो । यसअघि गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्र्यि परिषद् अध्यक्ष कुमार पन्तले विज्ञप्ती जारी गरी कडा विरोध गरेका थिए । बिज्ञप्तीमा भारतले नेपाली भूमि लिम्पियाधुराको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको ठहर एनआरएनए यूके छ । नेपाली सीमामा हुदै आएको भारतीय गतिविधि बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारलाई सीमासम्बन्धी विवाद कूटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न सुझाएको छ । विज्ञप्तीमा नेपाल सरकारले उठाउने सीमा सम्बन्धी बिषय कदममा साथ रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले हस्ताक्षर गरेका छन ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा