लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेमा कम दक्षहरु कामदारहरु बढी रहेको देखाएको छ । बेलायतस्थित राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कम दक्षता भएका व्यक्तिहरु कोरोना संक्रमणबाट निधन भएको अंग्रेजी पत्रिका द सनले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट निधन हुनेहरुमा प्रायजसो ट्याक्सी चालक, पसलमा कार्यरत मजदूर, होटल वा रेस्टुरेन्टको सेफ र सेक्युरिटी गार्डहरु रहेका छन् । तीमध्ये पुरुष सेक्युिरिटी गार्ड अरुको तुलनामा पाँच गुणा बढी उच्च जोखिममा रहेको बताइएको छ । यस्तैगरी, बस र कोच चालकमा अरुमा भन्दा दुई गुणा बढी संक्रमण रहेको तथ्यांकले देखाएको छ ।
कोरोना संक्रमणमा पर्नेमा अन्य कम दक्ष कामदारहरुमा निर्माण क्षेत्र र सरसफाइमा काम गर्नेहरु अरुभन्दा चार गुणा बढी जोखिममा छन् ।
बेलायतमा कम दक्ष नेपाली कामदारहरु अधिकांश क्लिनिङ र सेक्युरिटी उद्योगमा काम गर्ने गर्दछन् । अरु कामभन्दा सजिलो र लामो कार्यअवधिका कारण पैसा राम्रै पाइने भएकाले यी क्षेत्र आकर्षण बनेका हुन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा