नयाँदिल्ली । भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्लो चार दिनमा मात्र तीन हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले भारतमा कुल संक्रमितको संख्या ६२ हजार ९१५ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १७१ जनामा संक्रमणको पुष्टि भएको छ । महाराष्ट्र र गुजरात राज्यमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार १६५ नयाँ संक्रमित भेटिएका छन् । महाराष्ट्रमा कोभिड–१९ बाट संक्रमित हुने कुल २० हजार २२८ जना छन् ।
भारतमा कोभिड–१९ को संक्रमणबाट दुई हजार जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा मृतकको संख्या ७८० छ । गुजरातमा सात हजार ७९७ जनामा संक्रमणको पुष्टि भएको छ भने ४७२ जना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा संक्रमित हुने ५९५ जना छन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द