लण्डन । बेलायत सरकारले कोरोना ट्र्याक गर्न कोविड १९ सतर्कता प्रणाली सुरू गर्न लागेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझसम्म सो नयाँ प्रणालीको घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
उक्त प्रणालीमा कोरोनाभाइरसबाट खतराको स्तर एक देखि पाँचसम्म गरिने छ । नयाँ प्रणाली इंल्यान्डमा मात्र लागू हुनेछ । यो प्रणालीअनुसार हरियो (एक) देखि रातो (स्तर पाँच) सम्मको अलर्ट रहने छ । यो प्रणाली आतंकवादी हमलाको खतरा स्तरजस्तै हुनेछ ।
प्रधानमन्त्री जोन्सनले लकडाउनबाट राष्ट्र्ले हासिल गरेको प्रगतिका बारेमा समेत जनतालाई जानकारी गराउने छन् । प्रधानमन्त्रीले जनतालाई सचेत रहन, भाइरस नियन्त्रण गर्न, जीवन बचाउन एउटा नयाँ नारा घोषणा गर्ने अपेक्षा समेत गरिएको छ । जुन ‘सचेत रहौं, कोरोना भाइरस नियन्त्रण गरौं, जीवन बचाउँ’ रहने बताइएको छ ।
बेलायतले गत मार्च अन्तिम साता पहिलो पटक घोषणा गरेको लकडाउन प्रधानमन्त्रीद्वारा धेरै परिमार्जन गरिने अपेक्षा गरिएको छैन। प्रधानमन्त्री जोन्सनले हाल बेलायत कोरोना भाइरसबाट हुने खतराको चौथो चरण रहेको र तेस्रो चरणतर्फ अघि बढिरहेको बताउने छन् ।
भाइरसबाट उत्पन्न हुने खतराका बारेमा विभिन्न चेतावनी उपकरणका आधारमा एक नयाँ संयुक्त जैव सुरक्षा केन्द्रले निगरानी गर्नेछ । केन्द्रले देशको विभिन्न भागहरुमा भाइरसको खतरा प्रतिबिम्बित गर्दछ र एक शहरको खतराको स्तर अर्को भन्दा फरक हुन सक्छ ।
प्रधानमन्त्रीले बेलायतले भाइरस बिरुद्धको लडाईको सबैभन्दा उच्च चरणमा पार गरिसकेको बताएका थिए । उनले हिमाल चढ्नुभन्दा ओर्लनु चुनौतीपूर्ण हुने भन्दै बाँकी दिनहरुप्रति सचेत बनाएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा