बुधबार, माघ १५, २०८२ | January 28, 2026
  • गृहपृष्ठ
  • समाचार
    • युके समाचार
    • वीनेपाली स्पेशल
    • खेलकुद
    • रंगमञ्च
  • दृष्टिकोण
  • हाम्रो नेपालमा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रोफाइल
  • अन्तर्वार्ता
  • मल्टिमिडिया

विश्वभरी कुल सङ्क्रमित संख्या ३७ लाख ५९ हजार, २४ घण्टामा ५४ सयको मृत्यु

वीनेपाली | २०७७ वैशाख २७ गते १३:०७

२७ वैशाख ९-रासस/एएनआई- विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ । सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।
विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन

अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द

एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट

राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

  • पछिल्ला
  • लोकप्रिय
  • स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
  • महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
  • ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
  • ‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
  • अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
  • अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
  • गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
  • कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
  • हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
  • आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
  • About Us
  • Contact Us
  • Privacy Policy
Editor
Naresh Khapangi
Sub-Editor
Pramila Labung Rai
WeNepali.com Ltd. Registered in England Registered No.: 8947559 Registered Address:
13 Bondfield Walk Dartford, Kent DA1 5JS

© २०१२-२०२२, सर्वाधिकार वीनेपाली डट कममा सुरक्षित