लण्डन । बुद्ध फाउन्डेसन यूकेले २५६४ औं बुद्धजयन्ति फरक शैलीमा मनाउन लागेको छ । बिहीबार साउथ इस्ट लण्डनस्थित क्विन एलिजाबेथ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खाना (लन्च) प्रदान गरी फरक शैलीमा बुद्धजयन्ति मनाउन लागेको हो । अस्पतालमा फलफूलसहित खाना लिएर फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, महासचिब अर्जुन कटुवाल, सचिब सुरेन रुपाखेती , सदस्य जिबन सेन र समाजसेवी सुरज केसीलगायत गएका थिए । खानाको सौजन्य सुरज केसी संचालक रहेको वेस्टकम्ब पार्क, ग्रीनवीचस्थित ‘रोयल नेप्लिज रेष्टुरेन्ट’ले गरेको थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार कोरोना भाइरसका कारण फाउन्डेसनले यस वर्ष भिन्न तरिकाले घरघरबाटै बुद्ध जयन्ति मनाउदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्माको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापुर्वक मनाउने गर्छन । बुद्ध फाउन्डेसन यूकेले हरेक बर्ष बेलायतको लण्डनस्थित ट्राफलगर स्वायरमा बुद्ध जयन्ति मनाउदै आएको थियो । जसमा संसारभरी बुद्धको देश नेपाल, प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल र नेपाली कला तथा संस्कृतिको प्रचारप्रसार गर्ने गर्छ ।
महासचिव कटुवालले कोरोनाको कारण लकडाउन भएकोले नर्स , डाक्टरहरुलाई लन्च दिने, शुभकामना सन्देश आदान प्रदान गर्ने र साँझ ८ बजे विश्व शान्तिको कामना गर्दै प्रार्थना गर्ने, दीप प्रज्वलनसहित क्ल्याप गरी एनएचएस फ्रन्टलाइनर स्टाफ केयरर नर्स डाक्टरहरुको सम्मान कार्यक्रम तय गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने