लन्डन । बेलायतमा कोराना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेको संख्या युरोपकै उच्च ३२ हजार पुगेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको मे २ तारिख सम्ममा इङ्ल्याण्ड र वेल्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २९ हजार ६४८ जना रहेको छ । रोयटरका अनुसार सो संख्यामा नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या जोड्दा ३२ हजार ३१३ पुग्छ ।
कार्यालयले मृत्युदर्ता प्रमाणपत्रमा कोरोना भाइरस उल्लेख भएका आधारमा तथ्याङ्क राखेको बताएको छ ।
उता सरकारले सार्वजनिक गरेको तथ्याङ्क भने फरक छ । बेलायती प्रधानमन्त्री कार्यालयमा आज भएको नियमित गर्ने पत्रकार सम्मेलनमा विदेशमन्त्री डोमेनिक राबले मंगलबार सम्ममा कोरोनाबाट २९ हजार ६ सय ४८ जनाको निधन भएको जानकारी दिए ।
बेलायतमा हालसम्म कोरोनाबाट निधन हुनेको संख्या युरोपकै उच्च हो । यसअघि इटली कोरोनाबाट धेरै मानिसको निधन हुने युरोपियन मुलुकमा पर्दथ्यो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा