लन्डन । बेलायतमा कोराना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेको संख्या युरोपकै उच्च ३२ हजार पुगेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको मे २ तारिख सम्ममा इङ्ल्याण्ड र वेल्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २९ हजार ६४८ जना रहेको छ । रोयटरका अनुसार सो संख्यामा नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या जोड्दा ३२ हजार ३१३ पुग्छ ।
कार्यालयले मृत्युदर्ता प्रमाणपत्रमा कोरोना भाइरस उल्लेख भएका आधारमा तथ्याङ्क राखेको बताएको छ ।
उता सरकारले सार्वजनिक गरेको तथ्याङ्क भने फरक छ । बेलायती प्रधानमन्त्री कार्यालयमा आज भएको नियमित गर्ने पत्रकार सम्मेलनमा विदेशमन्त्री डोमेनिक राबले मंगलबार सम्ममा कोरोनाबाट २९ हजार ६ सय ४८ जनाको निधन भएको जानकारी दिए ।
बेलायतमा हालसम्म कोरोनाबाट निधन हुनेको संख्या युरोपकै उच्च हो । यसअघि इटली कोरोनाबाट धेरै मानिसको निधन हुने युरोपियन मुलुकमा पर्दथ्यो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा