लण्डन । विश्वका नेताहरुले कोरोना भाइरसको उपचार तथा निदान एवम् खोप विकासका लागि आठ अर्ब अमेरिकी डलर उपलब्ध गराउने सहमति गरेका छन् ।
युरोपेली संघले आयोजना गरेको अनलाइन बैठकमा ४० राष्ट्रको सहभागितामा उक्त वाचा गरिएको हो ।
युरोपेली आयोगका अध्यक्ष उरसुला भोन डर लियेनले उक्त वाचाले विश्वब्यापी समन्वयको ढोका खोलेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता वाचाले यथार्थ एकताबद्ध र मानवीयता दर्शाएको बताउनुभयो । यद्यपि उहाँले आगामी दिनमा अझै धेरै खर्च आवश्यक पर्नेमा सबै राष्ट्र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
उक्त अनलाइन बैठकमा सहभागी ३० राष्ट्रसँगै संयुक्त राष्ट्र संघ र परोपकारी निकाय एवम् अनुसन्धान संस्थाले अनुदानको प्रतिबद्धता व्यक्त गरेका छन् । अनुदान दिनेमा पप गायिका मडोना पनि सहभागी हुनुहुन्थ्यो । उहाँ दश लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने बताउनुभएको छ ।
युरोपेली आयोग र नर्वेले खोप विकासका लागि एक एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेका छन् । फ्रान्स, साऊदी अरेबिया र जर्मनीले पचास/पचास करोड युरोप र जापानले ८० करोड अमेरिकी डलर उपलब्ध गराउन सहमत भएको छ । अमेरिका र रुस उक्त सम्मेलनमा सहभागी भएनन् ।
कोरोनाभाइरसको उत्पत्ति भएको चीनले भने बैठकमा सहभागिताका लागि युरोपेली संघका लागि आफ्नो राजदूतलाई जिम्मेवारी दिएको थियो । संकलित कोषमध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप विकासका लागि खर्चिनेछ । दुई अर्ब अमेरिकी डलर उपचार पद्धतिको खोजमा र एक अर्ब ६० करोड अमेरिकी डलर परीक्षणमा खर्चिने सहमति भएको छ ।
युरोपेली आयोगकी अध्यक्षले अनलाइन सम्मेलनको समापनमा भन्नुभयो, “कोरोनाभाइरस विरुद्धको लडाइको लागि मे ४ तारिख परिवर्तनको विन्दु हुनेछ, किनभने विश्व समुदाय एक ठाउँमा आएका छन् ।” उहाँले सहयोगी धेरै भए पनि कोरोनाभाइरसलाई परास्त गर्ने लक्ष्य सबैको रहेको बताउनुभयो ।
बैठकको सहआयोजक समेत रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हाम्रो ऐक्यवद्धताले वैज्ञानिकलाई छिटो खोप विकास गर्न प्रेरित गर्ने बताउनुभयो । कोभिड–१९ को संक्रमणले तीन रात आईसीयूमा भर्ना भई निको हुनुभएका जोन्सनले ३८ करोड ८० लाख युरो अनुदान दिने घोषणा गर्नुभयो ।
युरोपेली आयोगले आयोजना गरेको सम्मेलनको बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नर्वे र साऊदी अरेबियाले सहआयोजना गरेको थियो । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे, फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले उक्त सुरुवातमा हस्ताक्षर गर्नुभएको छ ।
“हाम्रो विश्वले खोप विकास गर्न सके विश्वका लागि हुनेछ र यो २१ औं शताब्दीको विश्व सामाग्री हुने छ”– सम्मेलनपछि सबैले हस्ताक्षर गरेको सञ्चार सामग्रीमा उल्लेख गरिएको छ । सम्मेलनकै क्रममा सबै हस्ताक्षरकर्ता राष्ट्रहरुले विश्व स्वास्थ्य संगठनको कार्ययोजनालाई समर्थन समेत जनाएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल