जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको थियो ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १७४, स्पेनमा १६४, फ्रान्समा १३५ र बेलायतमा ३१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १५४ जनाको मृत्यु भएको छ । अघिल्लो यहाँ १ हजार ६९१ जनाको मृत्यु भएको थियो । रासस–एएफपी
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द