पोर्चुगल । पोर्चुगलको दक्षिणी क्षेत्र फारोभन्दा पाँच किमी टाढा बेलसामेल भन्ने ठाउँमा कृषि मजदुरको रूपमा कार्यरत धादिङ्ग जिल्ला निवासी तामाङ थर भएका एक नेपालीको दु:खद निधन भएको छ । ऊपचारकै क्रममा उनको निधन भएको हो । उनी फिल्डमै काम गर्दागर्दै सौचालय गएका थिए । तर अहिले सिजनको समयमा धेरै श्रमिक हुने र कृषि काममा सौचालय समेत ब्यस्त भएकोले नजिकै गई सौच गरेको र ऊठ्ने क्रममा रिंगटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुगी नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए ।
घटना लगत्तै प्रत्यक्षदर्शी ले उनलाई उद्दार गरी एन्बुलेन्सलाई खबर गरेका थिए तर एम्बुलेन्स समेत आधा घन्टाभन्दा बढी समयपछि पुगेको जनाईएको छ। तत्काल हस्पिटलमा भर्ना गरी ऊपचारकै क्रममा उनको निधन भएको थियो । चिकित्सकका अनुसार उनी प्रेसरले लडेका र मस्तिस्कमा रगत समेत जम्न पुगेको जनाएको छ ।
मे १ संसारभर मजदुर दिवस मनाइरहेको दिन नेपाली मजदुरको परदेशी भूमिमा दु:खद निधनको खबरले आम पोर्चुगलबासी नेपालीहरुलाई स्तब्ध र दु:खी बनाएको छ।
उनकी अन्दाजी २२ वर्षीय छोरी पनि उनीसंगै पोर्चुगलमा बस्दै आएकी थिइन् । उनकी श्रीमती लगायत अन्य परिवारका सदस्य भने नेपालमै छन् । उनको मृत शरीरलाई परिवारले नेपाल पठाइदिन आग्रह गरेका छन् । तर कोरोना महामारी चलिरहेको जहाज पनि नचल्ने अवस्था रहेकोले पठाउन कठिनाई रहेको तर केही समयमा स्थिति सहज भए पठाउन पहल गरिने एनआरएनए क्षेत्रीय समितिका एक अगुवाले बताए ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान