अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीको संयोजनमा अमेरिकाज क्षेत्रका नेपाली डायस्पोराका सर्व पक्षीय अनलाइन बैठक भएको छ ।
गत ३० अप्रिलमा भएको बैठकमा संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली महामहिम राजदुत भृगु ढुंगाना, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी, नेपाली महावाणिज्य तथा वाणिज्यदूतहरु प्रमराजा महत, ऋषि ढकाल, एसी शेर्पा समेतको उपस्थिति रहेको थियो।
त्यसैगरी बैठकमा एनआरएनए उपाध्यक्ष रविना थापा, महासचिव डा हेम राज शर्मा, संघका सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपाध्यक्ष राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा थापा कार्की, क्षेत्रीय युवा संयोजक विमला सापकोटा, क्षेत्रका अन्तर्राष्ट्रिय परिषद सदस्यहरु, मानार्थ परिषद सदस्यहरु, संघका सल्लाहकार हरिबोल भण्डारी, संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, एनसीसी क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एनसीसी अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सीना, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्त, बिआर लामा र अन्य पदाधिकारीहरु, विज्ञहरु डा संजिव सापकोटा, डा राजन पन्त, डा यादव पण्डित लगायत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कोभिड १९ को महामारीलार्इ राहत दिन यस क्षेत्रमा के कस्ता गतिबिधि गर्न सकिन्छ भन्ने जानकारीको लागि बैठकमा छलफल भएको थियो। बैठकलार्इ एनआरएनए अध्यक्ष कुमार पन्त, अमेरिका र क्यानाडाका लागि महामहिम राजदूतहरु, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी लगायत थुप्रैले आ आफ्नो कुरा राखेका थिए । कार्यक्रमका आरसी राजन पन्तले आगामी दिनमा सबै पक्ष र गैरआवासीय नेपाली संघ अनि नेपाल सरकरका मिशन, राजदूतावास समेतको संयोजन गरेर जाने बताए ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण