अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीको संयोजनमा अमेरिकाज क्षेत्रका नेपाली डायस्पोराका सर्व पक्षीय अनलाइन बैठक भएको छ ।
गत ३० अप्रिलमा भएको बैठकमा संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली महामहिम राजदुत भृगु ढुंगाना, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी, नेपाली महावाणिज्य तथा वाणिज्यदूतहरु प्रमराजा महत, ऋषि ढकाल, एसी शेर्पा समेतको उपस्थिति रहेको थियो।
त्यसैगरी बैठकमा एनआरएनए उपाध्यक्ष रविना थापा, महासचिव डा हेम राज शर्मा, संघका सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपाध्यक्ष राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा थापा कार्की, क्षेत्रीय युवा संयोजक विमला सापकोटा, क्षेत्रका अन्तर्राष्ट्रिय परिषद सदस्यहरु, मानार्थ परिषद सदस्यहरु, संघका सल्लाहकार हरिबोल भण्डारी, संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, एनसीसी क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एनसीसी अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सीना, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्त, बिआर लामा र अन्य पदाधिकारीहरु, विज्ञहरु डा संजिव सापकोटा, डा राजन पन्त, डा यादव पण्डित लगायत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कोभिड १९ को महामारीलार्इ राहत दिन यस क्षेत्रमा के कस्ता गतिबिधि गर्न सकिन्छ भन्ने जानकारीको लागि बैठकमा छलफल भएको थियो। बैठकलार्इ एनआरएनए अध्यक्ष कुमार पन्त, अमेरिका र क्यानाडाका लागि महामहिम राजदूतहरु, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी लगायत थुप्रैले आ आफ्नो कुरा राखेका थिए । कार्यक्रमका आरसी राजन पन्तले आगामी दिनमा सबै पक्ष र गैरआवासीय नेपाली संघ अनि नेपाल सरकरका मिशन, राजदूतावास समेतको संयोजन गरेर जाने बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा