सन्जिब भट्ट , भेनिस, (जीएनएन )- इटलीमा कोरोना संक्रमण बढेपछि मार्च १० बाट देशब्यापी रुपमा लागू गरिएको लकडाउनलाई मे ४ बाट केही खुकुलो गर्ने निर्णय इटली सरकारले गरेकोछ। अब एउटै राज्यभित्र आफ्नो बसोबास रहेको एक स्थानीय क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न सकिनेछ। काम, स्वास्थ्य सम्बन्धी कारण र अन्य अनिवार्य कारण भएमा र त्यो पुष्टि भएमा प्रशासनको अनुमतिमा एक राज्यबाट अर्को राज्यमा पनि आवतजावत गर्न सकिने छ।
आफन्त संग भेटघाट गर्न पनि पाइने छ तर मास्क र पन्जाको अनिवार्य प्रयोग गर्नुपर्ने र एक ब्यक्ति र अर्को ब्यक्ती बिचमा कम्तीमा १ मिटरको दूरी कायम गर्नुपर्नेछ। तर ३५.५ डिग्री सेल्सियस सम्म ज्वरो भएको वा कोरोनाको संक्रमण जस्तो कुनै लक्षण देखिएको अवस्थामा घरबाट बाहिर निस्कन पाइने छैन। सार्वजनिक पार्क लगायत अन्य स्थानमा मानिसहरुको उपस्थिति र प्रयोगको विषयमा स्थानीय कम्युनका मेयरहरुले छुट्टै नियम बनाएर लागू गर्न पाउनेछन् । जगिङ, साइकलिङ जस्ता काम एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरी कम्तीमा २ मिटर कायम गरेर गर्न पाइनेछ। कसैको मृत्यु संस्कारको कार्यक्रममा बढीमा १५ जना जति सहभागी भएर कार्यक्रम गर्न पाइनेछ। तर मास्क,पन्जाको अनिवार्य प्रयोग र भौतिक दूरी अनिवार्य रुपमा कायम गरिनुपर्ने छ।
बार र रेस्टुरेन्टलाई टेक अवे सर्भिसको लागि मात्र संचालन गर्न सकिनेछ। उत्पादन, कन्स्ट्रक्सन, होलसेल क्षेत्र संचालन गर्न सकिने छ । तर स्वास्थ्य सुरक्षाको ब्यबस्था अनिवार्य रुपमा पालना गर्नुपर्ने छ। अर्को चरणमा मे १८ बाट म्युजियम, लाइब्रेरी , सामूहिक तर दर्शकको उपस्थिति नहुने खेलकुदका कार्यक्रम संचालन गर्न सकिनेछ। जुन १ बाट बार, रेस्टुरेन्ट , ब्युटिपार्लर , सैलुन, मसाज सेन्टर लगायत संचालन गर्न सकिने छ। नयाँ संक्रमितको वृद्धि दर अनुसार ग्रिन (हरियो), यलो (पहेँलो ) रेड (रातो ) एरिया, पन्जाको अनिवार्य प्रयोग र एक ब्यक्ति र अर्को ब्यक्ति बिच एक मिटर देखि दुई मिटरसम्मको दूरी अनिवार्य कायम गर्न भनिएकोछ ।
मे ४ बाट लकडाउनको दोस्रो चरणलाई क्रमशः इटली सरकारले लागू गर्ने निर्णय गरेपछि ब्यापारी, व्यवसायीहरुले आफ्ना व्यापार ,व्यवसाय स्थल तथा पसलहरुको सफाइ गर्दै संचालनको लागि तयारी गर्दै गरेका छन् । बाहिरी मुलुकबाट पर्यटक आउने , चहलपहल हुने क्षेत्रमा संचालनमा रहने पर्यटकीय क्षेत्रका बार, रेस्टुरेन्ट, होटेल लगायत सेवा क्षेत्रका व्यवसायी र कामदारहरु अन्योलमै रहेको देखिन्छ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी