लण्डन । पूर्व गोरखा सैनिक मेगबहादुर गुरुङको ८ अप्रिल २०२०को दिन जर्ज इलियट अस्पताल ननिटनमा कोरोना भाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा निधन भएको थियो । सन् २०१० बाट ननिटनमा बस्दै आएका गुरुङको अन्तिमसँस्कार २५ अप्रिल २०२० को दिन इङ्ल्याण्ड क्रिमाटोरियममा सम्पन्न भयो । पुर्ख्यौली घर भोग्सिङ पर्वत भइ हाल उनको परिवार चिन्नेडाँडा पोखरामा बसोबास गर्दैछ । उनको परिवारमा दुई बाबाआमा, दुई बहिनी, एक भाइ र एक छोरा छन् । उनकी श्रीमती बिना गुरुङबाहेक सबै परिवार नेपालमै छन् ।
कोरोना संक्रमणका कारण बेलायतमा अहिले अन्तिम सँस्कारको तरिका परिवर्तन भएको छ । बढीमा १०/१२ जना, प्राय परिवार र अत्यावश्यक बाहेक अन्य व्यक्तिलाई फ्यूनेरलमा प्रवेश निषेध जस्तै छ । भारइसको त्रासले मास्क र पंजा अनिवार्य लगाउनै पर्ने हुँदा मलामीहरुले एकले अर्कालाई चिन्न पनि अफ्ठेरो भयाे । त्यस्तै सामाजिक दुरी कायम गर्न दुई मिटर टाढा बस्नपर्ने नियमले शोकाकूल परिवारजनलाई सान्त्वना दिन समेत पाइएन । मलामीहरु निरुपाय भई आँखाभरि आँशु लिई टुलुटुलु हेर्न बाहेक केही उपाय थिएन ।
शब्द/ तस्वीर/ भिडियो भीम सारुबाट



अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?