एजेन्सी । क्यानाडाका प्रधानमनत्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उहाँलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् ।
विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्व प्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भर्याङको प्रयोग गरेका तस्बीरहरू मङ्गलबार विहानै सार्वजनिक गरेका छन् ।
भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउनका लागि करिब ७० जना अग्नी नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन । मार्गरेट आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको रेडियो–क्यानडाले बताएको छ । उहाँलाई छिट्टै आराम हुने अपेक्षा गरिएको छ ।
आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार