
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा कोरोनाको कारण सृजित समस्यामा परेकाहरुलाई राहत तथा सहयोग उपलब्ध गराउन शुरु गरेको छ । राहत वितरणको पहिलो चरणमा बेलायतमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीहरुलाई आवश्यक खाद्यान लगायतको राहत घरमै पुर्याएको हो ।
राहत पाउनेमा बर्मिङघम यूनिभर्सिटी, हडर्सफिल्ड यूनिभर्सिटी, यूनिभर्सिटी अफ लंकास्टर, कम्ब्रिया यूनिभर्सिटी लगायत लिभरपुल, वुल्भरह्याम्पटन, वेल्स र लन्डनका बिद्यार्थीहरुलाई दाल, चामल, तेल जस्ता अत्यावश्यक सामाग्री वितरण गरिएको महासचिव फडिन्द्र भट्टराईले जनाए ।
एनआरएनए यूके सचिव जित रानाभाटका अनुसार हेल्पलाईनमा प्राप्त १ सय ६० बिद्यार्थीहरुको समस्यापछि पहिलो चरणमा ‘रेड जोन’ मा रहेका बिद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।
एनआरएन यूके मार्फत राहत बाहेक प्राथमिकता रुपमा विद्यार्थीहरुलाई सहयोग र राहतमा यूनिभर्सिटीको आफनै स्रोत प्राप्त गर्न सकिने बारे परामर्श प्रदान समेत गरिएको छ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका नेपालीहरु स्वर्गीय प्रशान्त अर्याल ,घनविर थापा र हरि प्रसाद चोङ्गवाङको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । ती बाहेक कोरोनाकै कारण निधन भएको बारेमा एनआरएनए यूकेले दाहसंस्कारमा मात्रै सहयोग गर्ने बताएको छ ।
त्यसैगरी, बेलायतका बिभिन्न ठाउँमा बिशेषत पूर्वगोर्खाको परिवार र वृद्वबृद्धालाई मास्क, सेनीटाईजर, प्यारासिटामोल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । अल्डरसट, फार्नबरो, रेडिंग, बेजिंगस्टोक र प्लमस्टिडमा वितरण गरिएका सामाग्री अधिकांश दाताहरु बाट निशुल्क प्राप्त भएका थिएन । बिभिन्न क्षेत्रमा गरेर अहिलेसम्म झन्डै ४ सय जनालाई यी सामग्री प्रदान गरिएको एनआरएनए यूकेले जनायो । एनआरएन यूकेको हेल्पलाईनमा आएको अनुरोध बमोजिम कोरोना संक्रमित बिमारीहरुलाई बेलायतमा कार्यरत बिभिन्न डाक्टरहरुसंग सिधै सम्पर्क गराउदै आईरहेको छ ।
सीमीत स्रोत र साधनका बीच एनआरएन यूकेले सिधै आर्थिक सहयोग गर्ने भन्दा पनि सम्बन्धित निकाय तथा अन्य स्रोतबाट प्राप्त गर्न सकिने सहयोगको लागि समन्वय समेत गर्दै आइरहेको छ । समस्यामा परेका बिद्यार्थी तथा सहयोग जरुरी भएकालाई पहिचान गर्दै एनआरएनए यूकेले राहत वितरणलाई पनि तिब्रता दिने तयारी गरेको छ । कोरोना महामारीको वर्तमान संकटपूर्ण अवस्थामा बेलायतमा समस्यामा रहेका नेपालीहरुलाई एनआरएन यूकेले संचालन गरेको हेल्पलाईन मार्फत सम्पर्कमा आउन अनुरोध गरेको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा