लण्डन । भट्टराई एण्ड को इमिग्रेसन प्राक्टिसले बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १२ नेपाली विद्यार्थीलाई आपतकालिन कोष वितरण गरेको छ ।
प्राक्टिसका प्रिन्सिपल सोलिसिटर दीपक भट्टराईका अनुसार यसरी सहयोग पाउनेहरुममा विशाल लिम्बु युनिभर्सिटी अफ वेष्ट स्कटल्याण्ड, राजेन्द्र पाण्डे काेभेन्ट्री युनिभर्सिटी, निर्मल श्रेष्ठ युनिभर्सिटी अफ इष्ट लण्डन, रिजन कार्की इडिनबरा नेपियर युनिभर्सिटी, सुश्री कुसुम थापा युनिभर्सिटी अफ नट्टिघम, सुश्री निकिता थापा युनिभर्सिटी अफ वेष्ट स्कटल्याण्ड, सुश्री नेसा पौडेल युनिभर्सिटी अफ वेल्स ट्रिनिट्री सेन्ट डेभिस, रोशन साह युनिभर्सिटी अफ हडर्सफिल्ड, सुश्री अम्बिका राउत युनिभर्सिटी अफ हडर्सफिल्ड, सगुन श्रेष्ठ युनिभर्सिटी अफ सन्डरल्याण्ड, अरविन्द यादव युनिभर्सिटी अफ बोल्टोन र सुश्री चेतकुमारी सुनुवार इडिनवरा नेपियर युनिभर्सिटी रहेका छन् ।
प्राक्टिसले यसै वर्षदेखि बेलायतमा अध्ययन गर्न नेपालबाट आएका विद्यार्थीहरुका लागि २ हजार पाउण्डको आपतकालिन कोष स्थापना गरेको हो । शुरुमा चारजना विद्यार्थीलाई सो कोष प्रदान गर्ने उद्देश्य राखिए पनि यसवर्ष कोरोना महामारीका कारण १२ जनालाई दिइएको भट्टराईले बताए । भट्टराई भन्छन् ‘कोरोनाको महामारीलाई हेरेर कोष स्थापना गरेको होइन । कोष स्थापना र कोरोनाको समय मात्र जुध्न गएको हो ।’
सहयोग पाउने विद्यार्थीहरुलाई नगद भुक्तानी दिइसकिएको छ भने साथसाथै प्रोफेसर सूर्यप्रसाद सुवेदीबाट हस्ताक्षिरत प्रमाणपत्र छिट्टै प्रदान गरिने छ ।
अर्को वर्षदेखि ५ जना विद्यार्थीलाई सो कोष वितरण गरिने प्राक्टिसका प्रिन्सिपल भट्टराईले जानकारी दिए । कोषकाे राशी बढाउने सोच पनि राखिएको उनले बताए ।
आफू पनि अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा बेलायत पढ्न आएको र विद्यार्थीको पीडा, दु:ख भोगेको हुनाले विद्यार्थीहरुको ‘मोराल बुष्ट’ गर्न सानै राशीको भए पनि एकल प्रयासमा कोष स्थापना गरेको उनले बताए ।
भट्टराई बेलायतमा कानुनी परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?