लण्डन, (जीएनएन) – गैर आवासीय नेपाली संघको पहलमा स्थापना भएको प्रवासमा रहेका गैर आवासीय विज्ञहरुको संजाल, नेपाल पोलिसी इन्स्टीच्युट, ले घर फर्कन चाहने प्रवासीहरुलाई तुरुन्त फर्काउने पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रवासी मजदुर, कामदारहरु रोजगारी गुमाएर, खान र बस्न समस्या भएर मानसिक रुपमा पनि पीडित रहेको अवस्था छ । सर्वोच्च अदालतले समेत प्रवासका नागरिकलाई उद्धार गर्न निर्देशन दिएको अवस्था छ ।
प्रवासीहरुले सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै नेपालमा नै उद्यमसिलाताको र स्वावलंवनका कामहरु संचालन गर्न दीर्घकालिन नीति पनि सुझाएको छ । प्रवासका नेपालीहरुको हकहितको लागि तत्काल कदम चाल्न सरकारलाई सुझाव दिंदै गैर आवासीय नेपाली संघलाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । हरेक विदेश जाने नागरिकले नै तिरेर जम्मा भएको वैदेशिक कल्याण कोषको रकम प्रयोग गरेर तिनलाई नेपाल फर्काएर कृषि उद्यमसिलता लगायतका काममा लाग्न सहयोग गर्न अनुरोध गरिएको छ । वैदेशिक लगानी सम्बन्धि नीतिनियम, १५ औं पन्च वर्षीय योजनामा निर्माणमा आर्थिक तथा लगानी सम्बन्धि नीतिमा सहयोग, नेपालमा गैर आवासीय नेपाली संघको आयोजनामा विज्ञ सम्मेलन लगायतका विविध कामहरुमा उल्लेख्य योगदान गरेको साथै २०१७ – १०१९ को कार्यकालमा गैर आवासीय नेपाली संघको टास्क फोर्स मध्ये उलेख्य काम गरेको विभाग मानिएको एनपीआईका संयोजक खगेन्द्र ढकालले जानकारी दिए ।
नेपाल र विश्वभर छरिएर रहेका नेपाली विज्ञहरुलाई संजालमा जोडेर नीतिगत, खोज तथा अनुसन्धान मार्फत गैर आवासीय नेपाली संघ तथा नेपाल सरकारलाई कार्यान्वयनका लागि सुझाव पेस गर्नु मुख्य उद्देश्य रहेको ध्यानाकर्षण पत्र मार्फत जानकारी गराइएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त