लन्डन । कोरोना भाइरस महामारीका बेला बेलायतको नेपाली समुदायले आफ्नो सहयोगी भावना प्रदर्शन गरिरहेको छ । यसक्रममा लन्डनका एकजना सफल नेपाली फेसन व्यवसायी रबिजंग लामिछानेले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका छन् । उनले पर्वत जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा दिन किनिएका मास्क लकडाउनले भारतमा रोकिएको बताएका छन् ।
संकटका बेला आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य ठानी उक्त रकम प्रदान गरेको लामिछानेले बताए । लामिछानेले विदेश बसेका अन्य नेपालीलाई पनि सक्दो सहयोग गर्न अपिल गरेका छन् । ‘बेलायतजस्तो विकसित राष्ट्रले समेत कोरोना महामारी नियन्त्रणमा धेरै समस्या सामना गरिरहेको छ’, उनले भने, ‘नेपालमा यो रोग फैलन शुरु गर्यो भने स्थिति झन् भयावह हुने निश्चित छ । त्यसकारण म नेपाल सरकार र नेपालीलाई सावधानी अपनाउन अपिल गर्दछु ।’
लामिछाने लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक हुन् । लामिछानेले महाभूकम्पका बेला पनि प्रधानमन्त्री कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयां दिएका थिए ।
दुई दशकदेखि बेलायतमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाल र भारतका बोर्डिंग स्कुलमा ५० जना असहाय नेपाली बालबालिकालाई निशुल्क शिक्षा प्रवन्ध गरिरहेका छन् ।
धार्मिक तथा आत्याध्मिक व्यक्तित्व लामिछानेले नेपालका बाढीपीडित, विद्यालय अक्षय कोष, मठमन्दिर, धार्मिक अनुष्ठान र यज्ञमा समेत लाखौं सहयोग गरेका छन् । उनले आर्थिक कूटनीतिमार्फत बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन प्रयत्नशील रहेको बताए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह