लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट साउथ इस्ट लन्डनमा एक जना चार्टर्ड एकाउटेन्टको निधन भएको छ ।
उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा मुस्किल भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा भर्ना भएका ध्रुवकुमार श्रेष्ठको शनिवार राति १२ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मधुमेहका सामान्य विरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सन्चालन गर्दै आएका थिए ।
पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले नेपालबाट आमा र वुवालाई बेलायत घुम्न ल्याएका थिए । अहिले दुवै जना बेलायतमै हुनुहुन्छ ।
उनी दक्षिण पूर्वी लण्डनको उलीचमा लामो समय बसोबास गरी भर्खरै वेक्स्लीहिथमा सरेका थिए ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा