लण्डन । युकेमा लक डाउन अरु तीन साता थपिएको छ ।
फष्ट सेक्रेटरी डोमिनिक राबले आज बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रीटमा आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन अरु तीन साता थप्ने सरकारी निर्णय सुनाएका हुन् । उनले संक्रमणको दर अझै नघटेका कारण लकडाउनलाई लचिलो बनाउने जाेखिम सरकारले नलिने बताएका हुन् ।
सरकारले मार्च २३ मा पहिलोपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो । सरकारले तीनसातामा सो लकडाउनको पुनरावलोकन गरिने बताएको थियो ।
राबले लकडाउन खुकुलो बनाउन हतार गरिएमा अहिलेसम्म गरिएका त्यागहरु र सबै प्रगतिहरु बेकार हुने बताए । अहिले लकडाउन खोल्दा फेरि भाइरस फैलिने र फेरि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने उनले चेतावनी दिए । त्यसो भएमा अर्थतन्त्र अरु नाजुक हुने उनको तर्क थियो । लकडाउनले काम गरिरहेको तर केयर होम र अस्पतालहरुमा संक्रमण बढिरहेकाे उनले बताए ।
उनले एनएचएसले धान्न सक्ने अवस्था भएपछि, मृत्युदरमा लगातार गिरावट आएपछि, संक्रमण व्यवस्थापन गर्न सकिने भएपछि,परीक्षण र व्यक्तिगत सुरक्षा उपकरणको आपूर्ति भविष्यमा हुने मागअनुसार धान्न सक्ने भएपछि र फेरि अर्को संक्रमण आउँदैन भन्ने निश्चित भएपछि मात्र लकडाउन खोल्न सकिने पनि बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा