लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक घन्वीर थापा मगरको निधन भएको छ ।
७५ वर्षीय थापाको बुधबार लण्डनको किँग्स्टन अस्पतालमा निधन भएको छोरा भक्त थापाले बताउनु भयो ।
पहिल्यैदेखि ब्लड प्रेसर लो भएका थापाको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका थिए । उनी गत मंगलबार अस्पताल भर्ना भएका थिए ।
पुर्ख्यौली घर पाल्पा गोठादी भएका थापाको हालको बसोबास बुटवलको देवीनगरमा थियो । उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित बस्दै आएका थिए । अहिले श्रीमती आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् ।
थापाको आर्मी नम्बर २११५५६३१ रहेको छ । उनी सेकेण्ड सेकेण्ड गाेरखा राइफल्सका हुन् ।
उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन् ।
थापा सन् २००९ देखि युकेमा बस्दै आएका थिए ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?