लन्डन । शनिवार लण्डनमा बितेकी पुष्पा घलेको निधन कोरोना संक्रमणबाट भएको जानकारी परिवारले दिएको छ ।
यसअघि वीनेपालीले पुष्पा घलेको निधन ‘कोभिड १९’ बाट भएको समाचार प्रकाशित गरेको थियो जसप्रति उनको परिवारले आपत्ति जनाउँदै उनको मृत्यु ह्दयघातबाट भएको दाबी गरेको थियो । तर विहीबार परिवारले वीनेपालीलाई सम्पर्क गर्दै उनको मृत्यु कोरोनाबाट भएको पुष्टी गरेको छ ।
पोखरा घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् । स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । उनको श्रीमान पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए र अहिले डिस्चार्ज भएका छन् । उनीहरुको छोरा करीव ९ महिना उमेरको छ ।
उनी विगत १० वर्षदेखि युएनआरसी नेपलिज चर्च वेम्व्लीकी सदस्य थिइन् । उनको अन्त्येष्ठी सो चर्चबाट गरिने चर्चका सुरेन्द्र सुनुवारले जानकारी दिए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त