लण्डन । बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा बुधबार राति नेपालीहरुको पार्किङ गरिराखेको कारमा आगो लगाई जलाइएको छ ।
त्यसमध्ये एक पूर्व गोरखा सैनिक परिवारको रहेको बताइएको छ । परिवारले सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणा हुनसक्ने आशंका गरेका छन् ।
केन्ट अनलाइनका अनुसार राति करिब ११ बजे घर बाहिर विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवारका सदस्यहरुले आफ्नो कार जलिरहेको पाएका थिए ।
घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभीत भएको पनि केन्ट अनलाइनले जनाएको छ ।
मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोरखा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको थियो भने त्यसको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलेको पाइएको थियो । सो कार पनि नेपाली परिवारको रहेको बताइएको छ ।
केन्टका अग्नी नियन्त्रकहरुले पहिलो घटनालाई नियन्त्रणमा लिएको एक घण्टा नबित्दै अर्को कारमा लागेको आगो निभाउन फर्कनु परेको थियो ।
लिम्बुकी भतिजीलाई उद्धृत गर्दै केन्ट अनलाइनले कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको पाइएको उल्लेख गरेको छ । उनले आफ्नो पितालाई किनमेलका लागि निस्कँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको बताएकी छिन् । आफू पनि एक घण्टा हिँड्न बाहिर निस्कँदा ‘चाइनिज तिम्रो देश जाउ’, ‘चमेरा खान छोड’ भनिने गरेको अनुभव उनले सुनाएकी छिन् । उनले आगजनीको त्रासका अब कार आफ्नो घरमा नराखी अन्यत्र राख्ने योजना बनाएको पनि केन्ट अनलाइनले उल्लेख गरेको छ ।
लिम्बुका छोरा मिलन लिम्बुले विष्फोट सुनेपछि यतिबेला कसले आतसबाजी गर्यो होला भन्ने लागेकाे र आफूहरुको कार जलिरहेको देखेपछि वरिपरि छरछिमेक, प्रहरी, बारुणयन्त्र सबैलाई खबर गरेको बताए ।
मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्कालाई उदधृत गर्दै केन्ट अनलाइनले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
खड्काले सो घटना नेपाली समुदाय र मेडिस्टोनबासीकै लागि दुखद रहेको बताएका छन् । यस्तो महामारीको बेलामा सबै मिलेर एकसाथ काम गर्नुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताएका छन् ।
मेडिस्टोनमा गोरखाहरुको ब्यारेक रहनुका साथै पूर्व गोरखाहरुको पनि बाक्लो बसोबास छ ।
सजग हुने बेला आएको छ : काउन्सिलर खडका
घटनाका बारेमा वीनेपालीसित कुरा गर्दै काउन्सलिर खड्काले सो घटना कोरोना भाइरसको महामारीपछि उत्पन्न जातीय घृणाको उपज हुनसक्ने बताए । उनले केही सीमित मानिसहरुले यस्ता महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र दुर्व्यबहारका घटना युकेमा रहेका नेपालीहरुमाथि हुनसक्ने भएकाले सजग हुनुपर्ने सुझाव दिए ।
आफू मेडिस्टोनमा साढे १९ वर्ष बस्दा नेपाली समुदायलाई लक्षीत गरेर यसअघि यस्तो जातिय घृणाको घटना नभएको उनले बताए । घटनाका बारेमा जानकारी हुनासाथ काउन्सिल लिडर तथा केन्ट प्रहरीलाई जानकारी गराएको र नियमित अनुगमन गरिरहेको पनि उनले थपे । यो घटनाको समाचार सार्वजनिक भएलगत्तै मेडिस्टोनबासीले यो घटनाले समग्र मेडिस्टोनबासीको नेपालीप्रतिको भावना प्रतिविम्वित गर्दैन भन्दै आश्वस्त बनाएको पनि उनले बताए ।
खड्काका अनुसार घटनामा परेको एउटा कार पूर्ण क्षति पुगेको छ भने अर्को कार जल्दाजल्दै परिवारले देखेकाले ७० प्रतिशत क्षति पुगेको छ । उनका अनुसार दुई घटनास्थलको दुरी २०० मिटर छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा