लन्डन । (जीएनएन) नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न यस राजदूतावासबाट युवा तथा विद्यार्थी सहयोग समिति गठन गरिएको र उक्त समितिमा मर्जिङ नेपसक्सका अध्यक्ष श्री पवन कंडेललाई संयोजक तोकिएको व्यहोरा यहाँहरु सबैमा अवगत भैसकेकै छ ।
यस राजदूतावासले युवा तथा विद्यार्थी सहयोग समितिको सहयोग लिई विद्यार्थीहरुसंग समन्वय गर्न, विवरणहरु अद्यावद्यिक गर्न, आवश्यक सहयोग संकलन गर्न र प्राथमिकता बमोजिम सहयोग उपलव्ध गराउने कार्यको लागि राजदूतावाससंग समन्वय गरी कार्य गर्न मर्जिङ नेपसक्सलाई तोकिएको व्यहोरा अनुरोध गरिन्छ । यस राजदूतावासको सुझाव बमोजिम मर्जिङ नेपसक्सले कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । त्यस्तै राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरेको र दुवै विवरणहरुलाई एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकता दिई मर्जिङ नेपसक्स मार्फत सहयोग उपलव्ध गराइने व्यहोरा अनुरोध गरिन्छ ।
नेपली विद्यार्थीहरुका समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या नहोस् भन्ने अभिप्रायले वेलायतमा रहनुभएका गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुमा सहयोगको लागि यस अघि नै अनुरोध गरिसकिएको सन्दर्भमा यहाँहरुले आफ्नो सहयोग मर्जिङ नेपसक्स मार्फत उपलव्ध गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ । यहाँहरुको सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण उपयुक्त समयमा पारदर्शी तवरले प्रकाशित गरिने व्यहोरा पनि अनुरोध गरिन्छ ।
साथै यस विषम परिस्थितिमा विद्यार्थीहरु लगायत सिंगो नेपाली समुदायमा सचेतना तथा सहयोगका लागि सदैव अग्रसर गैरआवासीय नेपाली संघ, युके लगायत समस्त संघ, संस्था र समाजहरु एवं समाजसेवी महानुभावहरुमा हार्दिक अभार व्यक्त गर्दै मर्जिङ नेपसक्सलाई उल्लिखित कार्य गर्न दिइएको जिम्मेवारीमा वेलायतस्थित नेपाली जनसमुदायको सहकार्य र सहयोग उपलव्ध हुने विश्वास यस राजदूतावासले लिएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त