लन्डन । (जीएनएन) नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न यस राजदूतावासबाट युवा तथा विद्यार्थी सहयोग समिति गठन गरिएको र उक्त समितिमा मर्जिङ नेपसक्सका अध्यक्ष श्री पवन कंडेललाई संयोजक तोकिएको व्यहोरा यहाँहरु सबैमा अवगत भैसकेकै छ ।
यस राजदूतावासले युवा तथा विद्यार्थी सहयोग समितिको सहयोग लिई विद्यार्थीहरुसंग समन्वय गर्न, विवरणहरु अद्यावद्यिक गर्न, आवश्यक सहयोग संकलन गर्न र प्राथमिकता बमोजिम सहयोग उपलव्ध गराउने कार्यको लागि राजदूतावाससंग समन्वय गरी कार्य गर्न मर्जिङ नेपसक्सलाई तोकिएको व्यहोरा अनुरोध गरिन्छ । यस राजदूतावासको सुझाव बमोजिम मर्जिङ नेपसक्सले कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । त्यस्तै राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरेको र दुवै विवरणहरुलाई एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकता दिई मर्जिङ नेपसक्स मार्फत सहयोग उपलव्ध गराइने व्यहोरा अनुरोध गरिन्छ ।
नेपली विद्यार्थीहरुका समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या नहोस् भन्ने अभिप्रायले वेलायतमा रहनुभएका गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुमा सहयोगको लागि यस अघि नै अनुरोध गरिसकिएको सन्दर्भमा यहाँहरुले आफ्नो सहयोग मर्जिङ नेपसक्स मार्फत उपलव्ध गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ । यहाँहरुको सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण उपयुक्त समयमा पारदर्शी तवरले प्रकाशित गरिने व्यहोरा पनि अनुरोध गरिन्छ ।
साथै यस विषम परिस्थितिमा विद्यार्थीहरु लगायत सिंगो नेपाली समुदायमा सचेतना तथा सहयोगका लागि सदैव अग्रसर गैरआवासीय नेपाली संघ, युके लगायत समस्त संघ, संस्था र समाजहरु एवं समाजसेवी महानुभावहरुमा हार्दिक अभार व्यक्त गर्दै मर्जिङ नेपसक्सलाई उल्लिखित कार्य गर्न दिइएको जिम्मेवारीमा वेलायतस्थित नेपाली जनसमुदायको सहकार्य र सहयोग उपलव्ध हुने विश्वास यस राजदूतावासले लिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा