लन्डन, (जीएनएन) । लन्डनस्थित एक मानव अधिकारवादी संस्था, इन्टरनेश्नल सोलिडारिटी फर नेपाल (इन्सोफन) युके, ले नेपाल-भारत सीमामा अलपत्र परेका सैयौं नेपाली नागरिकहरुलाई नेपाल आउन दिन माग गरेको छ ।
बिहीबार प्रकाशित एक विज्ञप्तिमा इन्सोफन युकेले भनेको छ, “एक नागरिकको आफ्नो देश फर्कन पाउने अधिकारलाई यसरी बलजफ्ती रोक्नु राज्यको गैरजिम्मवारीपन हो।”
“कोरोना संकटका कारण भारतमा काम गरीरहेका मजदुरहरू नेपाल फर्कन खोज्दा आउन पाएका छैनन्। अहिले करीब एक हजार नेपालीहरु नेपाल-भारत नाकामा थुनिएका छन्। ती मध्ये भारतको धार्चुला पारि महाकालीको गौशालामा तीन सय ८० जना, गलातीको फायर ब्रिगेडमा ३२ जना र बलुवाकोटको स्कुलमा ७० जनालाई क्वारेन्टाईनमा राखिएको बताईएको छ। यसैगरी झण्डै ४०० को संख्यामा रहेका नेपालीहरू नौतनवास्थित नौतनवा इन्टर कलेजमा राखिएको भारतीय सुरक्षाकर्मीको भनाई छ। जहाँ राखिएको भए पनि त्यहाँ पनि बसाईको प्रवन्ध ठीक नरहेको र भीडभाडले झनै महामारी बढ्ने खतरा देखिएको छ,” इन्सोफन युकेका संयोजक डा. कृष्ण उपाध्यायले भने। “नेपालको संविधानले सबै नागरिक लाई देश निकाला विरुद्धको हक तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ । कुनै पनि व्यक्ति आफ्नो घर फर्कन पाउनु उसको मानवअधिकार हो भने देशको अर्थतन्त्रमा योगदान पुर्याउने यिनै व्यक्तिहरूलाई अपमानजनक व्यवहार हुनु निन्दनीय छ।”
“नाकामा १० दिनकी सुत्केरी समेत रहेको बुझिन आएको छ। यस्तै भारतमा कतिपय पत्रपत्रिकाले नेपालले वेवास्ता गरे पनि भारतीय सरकारले खानबस्न दिएको भनि समाचार आईरहेका छन् भने उनीहरु खुला ठाउँमा राखेर खान खान दिइरहेका भिडियोहरु पनि आइरहेका छन्। कोरोनाका कारण यस्तो परिस्थिती उत्पन्न भए पनि आफ्ना नागरिकलाई देश आउन दिएर नेपालमा क्वारनटाईनमा राख्न हामी आग्रह गर्दा छौं,” इन्सोफन युकेले वक्तव्यमा भनेको छ ।
नेपाल भारत सीमामा अहिले झन्डै एक हजार नेपालीहरु अलपत्र परेको बताइएको छ।
भारत सरकार तथा स्थानीय सामाजिक संस्थाहरुले उनीहरुलाई खाना खुवाउने गरिरहेता पनि बस्ने राम्रो व्यवस्था नभएको गुनासो छ। सीमामा आइ पुगेका नेपालीहरुले भने २ साता एकान्तबासमा बस्ने गरेर भए पनि आफुहरुलाइ पाल जान दिइनु पर्ने माग गर्दै आएका छन् ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा