
लण्डन । नेपाल प्रेस यूयिन यूकेले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बचाउन नेपाल पत्रकार महासंघ यूकेले सुरु गरेको सचेतना अभियानमा साथ दिने भएको छ । नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपीन निरौलाको अध्यक्षतामा मंगलबार बसेको कन्फरेन्स बैठकमा कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन महासंघ यूकेसँग उभिने निर्णय गरेको हो ।
अनलाईनमार्फत भएको छलफलमा आफ्ना शुभचिन्तकलाई स्वयंसेवी भूमिका निर्वाह गरी समुदायलाई सहयोग गर्न र सचेतना जगाउने खालका समाचार प्रकाशित वा प्रशारित गर्न अध्यक्ष निरौलाले आग्रह गरेका थिए ।
बैठकका निर्णयहरु-
१. नेपाल प्रेस युनियन बेलायत (एनपीयु युके) गत वर्ष ३१ मार्च २०१९ मा प्रथम महाधिवेशन सम्पन्न भएकोमा सो सम्पन्न गर्नका लागि नेपालबाट आउनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महासचिव, नेपाल पत्रकार महासंघका महासचिव, प्रदेश सभाका माननीय सदस्यसहित बेलायतस्थित नेपाली राजदूतावास, पत्रकार महासंघ यूके, एनपीसीसी युके, एनआरएनए लगायत विभिन्न संघसंस्था र तिनका प्रतिनिधिहरुलाई पुनः धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
२. एनपीयु युकेको हरेक वर्ष गर्नुपर्ने वार्षिक साधारणसभा अहिलेको कोरोना महामारीको विशेष परिस्थितिका कारण यस वर्ष नगर्ने निर्णय गरिएको छ ।
३. कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समुदायलाई जानकारीमुलक सामाग्री प्रकाशन र प्रशारण गर्ने नेपाल पत्रकार महासंघ युकेको अभियानमा ऐक्यवद्धता जनाउदै युनियन आवद्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना संक्रमणबाट बच्ने र सर्न नदिने उपायहरुका बारेमा सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्ने निर्णय गरियो।
४. बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत केहि नेपाली विद्यार्थीहरुमा समस्या परेको बुझिन आएको परिप्रेक्ष्यमा नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएकोमा युनियनले पनि त्यस्ता समस्या परेका बिद्यार्थीहरुलाई नेपाली राजदूतावाससंग सम्पर्क गराउन सहयोग गर्ने निर्णय गरियो ।
५. समस्यामा रहेका विद्यार्थीहरुकै सन्दर्भमा नेपाली जनसम्पर्क समिति युकेले खाद्यान्न लगायतका आर्थिक सहयोग गर्ने कार्यमा ऐक्यवद्धता जनाउंदै सक्दो सहयोग गर्ने निर्णय गरियो ।
६ अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपालका अध्यक्ष तथा बेलायतका सांसद बीरेन्द्र शर्मा लगायत कोरोनाको संक्रमणसंग लडिरहेका, होम आइसोलेसन तथा उपचारपश्चात घरमा आराम गरिरहेका ब्रिटिश तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा