लन्डन । बेलायतमा कोरोना संकटका कारण जनजीवन अस्तव्यस्त बनिरहंदा लन्डनस्थित बर्न्टओक नेपाली समाजले एक स्वयंसेवक समिति गठन गरी आफ्नो समाजका ज्येष्ठ सदस्यहरुलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।
समाजका अध्यक्ष उदय गुरुङको संयोजकत्वमा गठित स्वयंसेवक समितिले सबै ज्येष्ठ सदस्यहरुको नामावली संकलन गरी फोनबाट सम्पर्क समेत गरेको छ । त्यस्तै समितिले समाजका ५० जना वरिष्ठ सदस्यहरुलाई ‘भिटामिन सी’ पनि वितरण गरेको छ ।
“खासगरी सरकारले नै सबै जनतालाई संक्रमणबाट जोगिन घरभित्रै बस्न भनेको र वृद्ध वृद्धाहरुलाई स्वास्थ्य लगायत किनमेलमा पनि समस्या पर्न सक्ने स्थितिलाई ख्यालमा राखेर हामीले हाम्रो समाजका सबै ज्येष्ठ सदस्यहरुसंग सम्पर्क गरी उहाँहरुलाई सक्दो सहयोग पुराइ रहेका छौं,” समाजका अध्यक्ष उदय गुरुङले भने । “यो विषम परिस्थितिमा स्वयमसेवक समूहले वृद्धवृद्धा बाहेक अरु कुनै सदस्यहरुलाई सहयोग चाहिएमा पनि सहयोग गर्ने छ”, उनले भने ।
त्यस्तै समाजका महासचिव भोला पनेरुले स्थितिको गम्भीरता आंकलन गर्दै फोनबाटै कन्फरेन्स बैठक गरी तत्काल एउटा स्वयंसेवक समिति गठन गरिएको बताए । उक्त समितिले वृद्धवृद्धाहरुका लागि औषधि ल्याइदिने, आवश्यक परे खाना पकाएर लगिदिने जस्ता कार्य गरिरहेको र यसमा आमा समूहको पनि सक्रिय सहभागिता रहेको उनले जनाए ।
यसैबीच समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले कोरोना संक्रमणले वृद्ध, युवा सबैलाई संक्रमित गर्न सक्ने भएकाले घरभित्रै बस्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र पटक-पटक मिचीमिची साबुन पानीले हात धुन आग्रह गरेका छन्। “स्थानीय काउन्सिलले समस्यामा परेका वासिन्दाहरुलाई सहयोग पुराउन आकस्मिक सेवाहरु संचालन गरिरहेका छन् । त्यसैले कुनै समस्या परे सम्बन्धित काउन्सिलमा सम्पर्क गर्न पनि म आग्रह गर्दछु,” उनले भने ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा