
लण्डन । किरात राई यायोक्खा युकेले हरेक वर्ष गर्दै आएको साकेला उभौली यसवर्ष नहुने भएको छ ।
यही मे ९ तारिखका दिन आयोजना गरिएको सो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण रद्द गर्नुपरेको यायोक्खा युकेले जनाएको छ ।
यायोक्खाका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राई र कार्यक्रम संयोजक मेजर दिलकुमार राईले एक संयुक्त विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रम रद्द भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेका निर्देशनहरुलाई कडाइका साथ पालना गर्न पनि सदस्यहरुलाई अनुरोध गरिएको छ ।
यायोक्खाले स्थापनाकालदेखि नै उधौली र उभौली मनाउँदै आएको छ । करिब ५ हजार मानिसको उपस्थिति रहने सो कार्यक्रम बेलायतमा नेपाली समुदायबाट आयोजना हुने ठूला कार्यक्रममध्ये एक हो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा