
लण्डन । किरात राई यायोक्खा युकेले हरेक वर्ष गर्दै आएको साकेला उभौली यसवर्ष नहुने भएको छ ।
यही मे ९ तारिखका दिन आयोजना गरिएको सो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण रद्द गर्नुपरेको यायोक्खा युकेले जनाएको छ ।
यायोक्खाका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राई र कार्यक्रम संयोजक मेजर दिलकुमार राईले एक संयुक्त विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रम रद्द भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेका निर्देशनहरुलाई कडाइका साथ पालना गर्न पनि सदस्यहरुलाई अनुरोध गरिएको छ ।
यायोक्खाले स्थापनाकालदेखि नै उधौली र उभौली मनाउँदै आएको छ । करिब ५ हजार मानिसको उपस्थिति रहने सो कार्यक्रम बेलायतमा नेपाली समुदायबाट आयोजना हुने ठूला कार्यक्रममध्ये एक हो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा