लण्डन । बेलायतमा नेपालीहरुको घना बसोबास रहेको रसमुर बोरो काउन्सिलका उपमेयर फ्रान्क रष्टको कोरोना भाइरसका कारण सोमबार निधन भएको छ ।
स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीकी महासचिव प्रमिला राईले काउन्सिल लिडर डेभिड क्लिफोर्डलाई उद्धृत गर्दै रष्टको निधन कोरोना भाइरसका कारण सोमबार फ्रिम्ली पार्क अस्पतालमा भएको जानकारी दिनुभयो ।
२२ वर्षदेखि काउन्सिलर रहँदै आएका रष्ट आउँदो मे महिनाबाट मेयरको कार्यभार सम्हालेवाला थिए । उनी ८० वर्षका थिए ।
राईका अनुसार, रष्ट र उनकी श्रीमती दुवैलाई कोरोना संक्रमण भएपछि अस्पताल लगिएको थियो । उनकी श्रीमती भने कोरोनाबाट तङ्ग्रिएकी छिन् ।
रष्ट लेबोर पार्टीबाट निर्वाचित भएका थिए । नर्थ टाउन वडाबाट प्रतिनिधित्व गर्ने उनले यसअघि सन् २००३ मा पनि मेयर पद सम्हालेका थिए ।
डेनमार्क स्क्वाएर क्रेडिट स्कोर कम रहेका काउन्सिल स्टेटलाई पुनर्जीवन दिएको स्थानीयबासी विक्रम भट्टराई स्मरण गर्दछन् । उपमेयर रष्ट नेपालीहरुप्रति सकारात्मक रहने गरेको पनि उनी सम्झन्छन् ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?