लण्डन । बेलायतमा नेपालीहरुको घना बसोबास रहेको रसमुर बोरो काउन्सिलका उपमेयर फ्रान्क रष्टको कोरोना भाइरसका कारण सोमबार निधन भएको छ ।
स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीकी महासचिव प्रमिला राईले काउन्सिल लिडर डेभिड क्लिफोर्डलाई उद्धृत गर्दै रष्टको निधन कोरोना भाइरसका कारण सोमबार फ्रिम्ली पार्क अस्पतालमा भएको जानकारी दिनुभयो ।
२२ वर्षदेखि काउन्सिलर रहँदै आएका रष्ट आउँदो मे महिनाबाट मेयरको कार्यभार सम्हालेवाला थिए । उनी ८० वर्षका थिए ।
राईका अनुसार, रष्ट र उनकी श्रीमती दुवैलाई कोरोना संक्रमण भएपछि अस्पताल लगिएको थियो । उनकी श्रीमती भने कोरोनाबाट तङ्ग्रिएकी छिन् ।
रष्ट लेबोर पार्टीबाट निर्वाचित भएका थिए । नर्थ टाउन वडाबाट प्रतिनिधित्व गर्ने उनले यसअघि सन् २००३ मा पनि मेयर पद सम्हालेका थिए ।
डेनमार्क स्क्वाएर क्रेडिट स्कोर कम रहेका काउन्सिल स्टेटलाई पुनर्जीवन दिएको स्थानीयबासी विक्रम भट्टराई स्मरण गर्दछन् । उपमेयर रष्ट नेपालीहरुप्रति सकारात्मक रहने गरेको पनि उनी सम्झन्छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा