
लिस्बन । एनआरएनए पोर्तुगलले कोरना भाइरसबाट उत्पन्न संकटबाट समस्यामा परेका पोर्तुगलका नेपालीहरुलाई राहत वितरण शुरु गरेको छ । मार्च २९ तारिख पहिलो दिन ४५ जनालाई राहत वितरण गरिएको छ । राहत एनआरएनए पोर्तुगलको कार्यालय लिस्बनबाट वितरण गरिएको थियो ।
पोर्तुगलमा भर्खरै आएका, रोजगारी नभएर अति समस्या रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा राहत वितरण गरिएको राहत वितरण समन्वय समितिका संयोजक बिक्रमजंग कुँवरले बताए ।
एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, महिला उपाध्यक्ष सीता श्रेष्ठ, कोषाध्यक्ष एवं सहयोग समिति संयोजक विक्रमजंग कुँवर, युवा संयोजक एवं सहयोग समिति उपसंयोजक दीनेश भण्डारी तथा सदस्यहरु दीपक खत्री, सुमन शर्मा चौलागाईं र कार्यालय प्रमुख श्याम श्रेष्ठको सक्रिय अगुवाईमा राहत वितरण गरिएको थियो ।
राहत आवश्यक भएका मानिसहरुको नाम संकलन गरेर फेरि राहत वितरण कार्यक्रम जारी राखिने वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले जानकारी दिए ।

राहत प्राप्त गर्न धेरै महिला दिदीबहिनीले पनि चासो राख्नु भएको र आजपनि केही आउनु भएको महिला दिदीबहिनी र असक्तहरुलाई पहिलो प्राथमिकता दिइने महिला उपाध्यक्ष सीता श्रेष्ठले बताइन् ।
राहत स्वरुप चार किलो चामल, एक लिटर तेल, दाल, स्पागेटी, नुन लगायत खाद्यान्न वितरण गरिएको सदस्य दीपक खत्रीले जानकारी दिए ।
राहत वितरण लिस्बनमा मात्र नभएर लिस्बन बाहिर अल्गार्भ र अलेन्जेजु क्षेत्रीय समितिहरुले पनि तयारी गरेको र समस्या परेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आ-आफ्नो पायक पर्ने स्थानबाट राहत प्राप्त गर्न अध्यक्ष तिलक गैरेले आह्वान गरेका छन् ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा