लण्डन । तमुधिँ एसोसिएसन युकेले हरेक वर्ष मे महिनाको अन्तिम आइतबार गर्दै आएको गोरखा कप यसवर्ष स्थगित भएको छ ।
संस्थाका अध्यक्ष नन्दजंग गुरूंगले कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीका कारण यस वर्षको गोरखा कप स्थगित गर्नुपरेको एक भिडियोमार्फत जानकारी दिएका छन् । उनले गोरखा कप स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।
तमुधिँ युकेका मिडिया सेक्रेटरी रोहित गुरुङले तमुधिँ युकेको २५ मार्चमा बसेको अनलाइन बैठकले सो प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको जानकारी गराए ।
बेलायत सरकारले दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको र एक आपसमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न निर्देशन दिएको उल्लेख गर्दै तमुधिँ युकेले बेलायत सरकारको निर्देशनको सम्मान गर्न र आफ्नो ख्याल गर्न सबैलाई अनुरोध गरेको छ ।
सेक्रेटरी गुरुङका अनुसार सन् २०२० को गोरखा कप कहिले गर्ने भन्ने बारेमा स्थिति सामान्य भएपछि निर्णय गरिने छ ।
तमुधिँ युकेले विगत १८ वर्षदेखि गोरखा कप आयोजना गर्ने गरेको छ । सो इभेन्ट युकेका नेपाली समुदायले गर्ने एक मुख्य इभेन्ट हो ।
यसैगरी तमुधिं युकेले कोरोना भाइरसबाट बच्न कुनै नेपालीलाई ‘आइसोलेसन’ मा बस्न समस्या भए तमुधिं भवन निःशुल्क प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण जनजीवन अस्तब्यस्त बनेपछि नेपाली समुदायले गर्ने कार्यक्रमहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । मगर संघ युकेले हरेक वर्षको जुनमा नेपालबाट कलाकारहरु ल्याएर आयोजना गर्ने नेपलिज ओपन कन्सर्ट पनि यो वर्ष स्थगित भएको छ ।
संघका महासचिव रुद्र थापाका अनुसार, २४ मा बसेको अनलाइन बैठकले संघले आयोजना गर्ने नेपलिज ओपन कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो । मगर संघ युकेले विगत १४ वर्षदेखि नेपलिज ओपन कन्सर्ट गर्दै आएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त