लण्डन । तमुधिँ एसोसिएसन युकेले हरेक वर्ष मे महिनाको अन्तिम आइतबार गर्दै आएको गोरखा कप यसवर्ष स्थगित भएको छ ।
संस्थाका अध्यक्ष नन्दजंग गुरूंगले कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीका कारण यस वर्षको गोरखा कप स्थगित गर्नुपरेको एक भिडियोमार्फत जानकारी दिएका छन् । उनले गोरखा कप स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।
तमुधिँ युकेका मिडिया सेक्रेटरी रोहित गुरुङले तमुधिँ युकेको २५ मार्चमा बसेको अनलाइन बैठकले सो प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको जानकारी गराए ।
बेलायत सरकारले दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको र एक आपसमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न निर्देशन दिएको उल्लेख गर्दै तमुधिँ युकेले बेलायत सरकारको निर्देशनको सम्मान गर्न र आफ्नो ख्याल गर्न सबैलाई अनुरोध गरेको छ ।
सेक्रेटरी गुरुङका अनुसार सन् २०२० को गोरखा कप कहिले गर्ने भन्ने बारेमा स्थिति सामान्य भएपछि निर्णय गरिने छ ।
तमुधिँ युकेले विगत १८ वर्षदेखि गोरखा कप आयोजना गर्ने गरेको छ । सो इभेन्ट युकेका नेपाली समुदायले गर्ने एक मुख्य इभेन्ट हो ।
यसैगरी तमुधिं युकेले कोरोना भाइरसबाट बच्न कुनै नेपालीलाई ‘आइसोलेसन’ मा बस्न समस्या भए तमुधिं भवन निःशुल्क प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण जनजीवन अस्तब्यस्त बनेपछि नेपाली समुदायले गर्ने कार्यक्रमहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । मगर संघ युकेले हरेक वर्षको जुनमा नेपालबाट कलाकारहरु ल्याएर आयोजना गर्ने नेपलिज ओपन कन्सर्ट पनि यो वर्ष स्थगित भएको छ ।
संघका महासचिव रुद्र थापाका अनुसार, २४ मा बसेको अनलाइन बैठकले संघले आयोजना गर्ने नेपलिज ओपन कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो । मगर संघ युकेले विगत १४ वर्षदेखि नेपलिज ओपन कन्सर्ट गर्दै आएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा